‘रूपन्देही नै प्रदेशको राजधानी’

582

रूपन्देही, पुस ३ । यहाँका व्यवसायीक संघ संस्थाहरुले ५ नम्वर प्रदेशको राजधानी रुपन्देही बनाउन माग गरेका छन् ।
बुटवल उद्योग वाणिजय संघको आयोजनामा आईतबार बुटवलमा भएको व्यवसायीक संघ सस्थाहरुको संयुक्त बैठकले सुगमता, पुर्वाधार बिकास र बुद्धजन्मस्थलसहित ऐतिहासिक जितगढी किल्ला भएको रुपन्देही प्रदेश राजधानीका लागि उपयुक्त भएको ठहर गर्दै प्रदेश राजधानी तोक्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्ने निणर्य गरेको छ ।
बुटवल उद्योग वाणिजय संघका अधयक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको बैठकले रुपन्देहीमा प्रदेश राजधानीको माग गर्दै नेपाल सरकारसहित राजनितिक दलहरुलाई ज्ञापन पत्र बुझाउने निणर्य गरेको छ ।
बैठकमा सिद्धार्थनगर उद्योग वाणिजय संघका अधयक्ष रामकुमार शर्मा, तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैनाका अध्यक्ष राजबहादुर श्रेत्री, देवदहका अधयक्ष गोपाल ढकाल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष खेम श्रीस, रुपन्देही व्यपार संघका बरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका महासचिव माधव पौडेल, पाल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चकोरमान शाक्य, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ भट्टराई, गुल्मिका महासचिव ताराप्रसाद भुसाल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका का.वा. अध्यक्ष हिरामणि भटटराईले रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन जस्तोसुकै दवाव दिन तयार रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका सदस्य एजाज आलम, नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठ, बुटवल उद्योग वाणिजय संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र कसजु, जीवन वझा, नवराज श्रेष्ठ, निवर्तमान अध्यक्ष महेशमान सिंह, बरिष्ठ उपाध्यक्ष उज्जवल कसजू, बाणिजय उपाध्यक्ष हरी अर्याल लगायतले बोल्नुभएको थियो ।