पाल्पामा नागरिता छानबिनमा चलखेल अझै जारी

240

पाल्पा, ४ आसोज । झुटो विवरण दिएर पाल्पाबाट नागरिता बनाउन सफल भएका बाग्लुङका एक युवाको छानविनमा ढिलाई भएको छ ।
झुटो विवरण दिएर वि.सं. २०७२ साल पुस २० गते पाल्पाबाट नागरिता बनाएका बाग्लुङका२३ बर्षीय धनबहादुर कंडेलको यो घटना ०७८ सालपुस महिनामा संचारमाध्यबाट सार्वजनिक भएपछि पाल्पा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेका थिए । कंडेललाई ०७८ साल चैत महिनामा पाल्पा प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो । अदालतमा मुद्दा चलेपछि करिव ५ महिना पछि कंडेल १ लाख रुपैयाँ धरौटीमा हालै छुटेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायवउपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
पाल्पाको रामपुर १४ निवासी ४९ वर्षीय पिताम्बर अधिकारीको छोरा बनेर कंडेलले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट वि.सं.२०७२ सालमा नागरिता बनाएका थिए । बाग्लुङको गलकोट नगरपालिका—८ पचुवा निवासी स्वर्गीय मानबहादुर कंडेलको राईलो (ठूलो कान्छो) छोरा धनबहादुरले नयाँनाम (बिजय अधिकारी) कामय गरी रामपुरबाट नागरिता बनाएका थिए ।
भारतको मेघालयमा छिमेकीको रुपमा चिनजान भएर रामपुर पिताम्बरसंग आउनेजाने क्रममा पितम्बरका भाइ कृष्णप्रसाद अधिकारीले धनबहादुरलाई नागरिता बनाईदिएका थिए । रामपुरमा अधिकारी परिवारमा आउनेजाने क्रममा पिताम्बर अधिकारीले आफ्नो छोरो भनी चिनाएकाले आफूले सनाखत गरेर नागरिता बनाईदिएको कृष्ण अधिकारीले स्वीकार गरेका छन् । तर पितम्बरले भने भाइ कृष्णले आफ्नो सम्पत्ति हड्प्ने प्रयास स्वरुप नागरिता बनाईदिएको र अंश मुद्दा हालेपछि बास्तविकता बाहिरिएको बताए ।
आफै सनाखत गरेर नागरिता बनाइदिने कृष्ण अधिकारीको राजनीतिकपहुँचको कारण यो घटनाको अनुसन्धानमा ढिलाई भएको अधिकारीकै आफन्तले बताएका छन् । अधिकारीका ती आफन्तले भने, ‘राजनीतिकदलका केहीपहुँचवाला नेताहरुको दवावको कारणले प्रहरी अनुसन्धानमा ढिलाई भइरहेको थियो, अब के हुन्छ हेर्न बाँकी छ ।’यसअघिका जिल्ला प्रशासन प्रमुख र प्रहरी प्रमुखले दवाव झेल्न नसकेर अनुसन्धानमा ढिलाई गरेका आफन्तले आरोप लगाएका छन् ।
जिल्लाप्रहरी कार्यालय पाल्पामा प्रमुख (प्रहरी उपरीक्षक) जनकबहादुर शाही आएपछि यो घटनाको अनुसान्धान अघि बढेको हो । त्यसअघि पाल्पा आएकादुई प्रहरी प्रमुखले कंडेललाई पक्राउ समेत गर्न सकेका थिएनन् ।
प्रहरी प्रमुखशाहीले गत चैतमा कंडेललाई अदालत पेश गरेपछि उनीपुर्पक्षका लागि धुनामा राखिएका थिए । अहिले धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले प्रहरीले अनुसान्धान सकेर अदालत पेश गरेको बताए । उनले भने, ‘तीब्यक्तिले झुटो विवरण पेश गरेर नागरिता बनाएको निष्कर्ष सहित प्रहरीले अदालत पेश गरेको हो ।’
यसअघि ०७८ साल पुस २२ गते बाग्लुङमा आफ्नै घरमा संचारमाध्यमलाई प्रतिक्रिया दिंदै धनबहादुरका दुई दाजुहरु हिरा कंडेल र सन्तोष कंडेलले आफ्नो बुवाको निधनको बेला १० वर्षअघि धनबादुर किरिया गर्न आएको र त्यसपछि सम्पर्कमा नआएको (भिडियो सुरक्षित छ) बताएका थिए । तर संचारमाध्यममा धनबहादुरले झुटो विवरण पेश गरेर पाल्पाको रामपुरबाट नागारिता बनाएको घटना सार्वजनिक गरेपछि कृष्ण अधिकारीको आग्रहमा धनबहादुरलाई आफूहरुले नचिनेको भनी प्रहरीमा बनायन दिएका थिए । कंडलेका बुवा मान बहादुरको १० वर्षअघि भारतमै मृत्यु भएको भएपनि आमा भने सकुशल छन् ।
०७२ सालमा झुटो विवरण दिएर कागजात तयारी गरी नागरिता बनाइदिने कृष्ण अधिकारी माथि भने अझै सम्मकुनै अनुसन्धान भएको छैन । उनले केही राजनीतिक दलका नेता लगाएर आफू बच्ने कोशिस गरिहेका बताइन्छ । उनै कृष्णले विभिन्न वहाना बनाएरआफ्ना दाजु पिातम्वर अधिकारीबिरुद्ध पनि अदालतमा मुद्दा हालेको पिताम्बरले बताएका छन् । झुटो विवरण दिन सहयोग गरेका तत्कालिन गाविस सचिवको मूत्यु भइसेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले नागरिता जारी गरेका छन् ।
नागरिता बनाएको ७ वर्ष र घटना बाहिरिएको २ वर्ष पुग्नलाग्दा समेत यो घटनाको टुंगो लाग्न सकेको छैन । समाचार स्रोतका अनुसार यसअघि धनबहादुर घरबाट हराएको तर पाल्पाबाट नागरिता बनाएको भन्ने आफूहरुलाई केही जानकारी नभएको भनीप्रहरी कार्यालयमा बयान दिएका धनबहादुरका बाग्लुङ निवासी घरपरिवारले उपयुक्त विकल्पसहित धनबहादुरलाई घर फर्काउन चाहेको बताईएको छ । यसअघि भाईलाई चिन्दैनौ भनेर प्रहरीमा बयानदिएका उनीहरुले भाईलाई फर्काउने उपयुक्त माध्यम खोजिरहेको बाग्लुङकै कंडेलका एक छिमेकीले बताएका छन् ।

yo pani

सम्पति हड्प्न नक्कली छोरोले बनाए पाल्पाबाट नागरिता