पाल्पामा पशु सेवाकै लागि ७ करोड बजेट

12
?????????

पाल्पा, २८ भदौ । पाल्पा जिल्लामा पशु सेवाकै लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम बजेट विनियोजन भएको जनाएको छ ।
पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक बर्षको कार्यक्रममा कृषि, उत्पादन, खाध्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवद्र्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बंगुर पालन कार्यक्रमको लागी १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरापालनमा १० लाख, डेरी तथा मासु पसल सुधारमा ८ लाख, अनुगमन मुल्याङ्कनमा ७५ हजार रुपैया, स्माट कृषि कार्यक्रममा १ करोड १४ लाख, मत्स्य विकास कार्यक्रमको लागी ५ लाख ९५ हजार, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमलाई १ करोड ८६ लाख २ हजार, पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमलाई ३३ लाख ८० हजार र गाइका व्यबसायिक उत्पादन केन्द्र व्लक कार्यक्रम संघीय सरकार मार्फत ३३ लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख डा. चन्द बहादुर रानाले बताए ।
कार्यालयले चालु आर्थिक बर्षमा कृषकसंग कृषिमन्त्री कार्यक्रमको लागि ७ लाख ५० हजार, तिनाउँ गाउँपालिकामा बंगुर श्रोत केन्द्र स्थापनालाई ४ लाख, तानसेन र माथागढीमा बाख्रा, बंगुरको व्रिडर हर्ड स्थापनाको लागि ८ लाख, मागमा आधारीत व्यबसायिक कृषि तथा पशुपन्छी विकास कार्यक्रमको लागि ३० लाख, पशु बाझोपन निवारण सेवाको लागि ६ लाख, पशु स्वास्थ्य तथा उपचार खोप सेवाको लागि ६ लाख, प्रयोगशाला सेवाको लागि ४ लाख, पशु स्वास्थ्य शिविरको लागि २ लाख ५० हजार, सामुदायिक प्रजनन केन्द्र स्थापनको लागि ५ लाख बजेट रहेको कार्यालय प्रमुख रानाले जानकारी दिए ।
माछा पालनको लागि नयाँ पोखरी निर्माणको लागी ५ लाख, तानसेन नगरपालिकामा ७ मा गौशाला निर्माणको लागी १० लाख, बगनासकाली ८ बराङ्दीमा गाई भैसी प्रवद्र्धनको लागि १० लाख, पशुपन्छीका रोग नियन्त्रण लागि खोप अभियान कार्यक्रमका लागी २० लाख रुपैया बजेटका कार्यक्रमहरु कार्यालयबाट संचालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले बताए ।
पाल्पा दुध, मासु र अण्डामा आत्मनिभर भई बाहिरी जिल्ला निर्यात हुदै आएको छ । पाल्पामा गत बर्ष मात्र ५२ हजार ५ सय ९८ मेट्रिक टन दुध उत्पादन भएको तथ्याङ्क रहेको कार्यालयका सूचना अधिकारी डा. नविन बस्यालले जानकारी दिए ।