बिसादी सेवनले पाल्पामा एक पुरुषको ज्यान गयो

50
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

पाल्पा, २८ भदौ । पाल्पाको रिब्दीकोटमा बिषादी सेवनबाट एक पुरुषको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. ५ देविडांडा निवासी ५५ वर्षका सन्ते भनिने मेखबहादुर खड्काले उपिया मार्न प्रयोग गरिने विषादी सेवन गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाका अनुसार सोमबार बेलुका ६ बजे बिसादी सेवन गरेका खड्कालाई प्रहरीले उद्दार गरी पाल्पा अस्पतालमा लगेको तर राति ८ बजे उनको मत्यु भएको अस्पतालले घोषणा गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।