स्रोत नखुलेको ७२ लाखसहित भैरहवाका युवक पक्राउ

14

पाल्पा, २८ भदौ । रुपन्देहीको सीमा क्षेत्र सुनौलीबाट स्रोत नखुलेको ७२ लाख रकमसहित भैरहवाका एक युवक पक्राउ परेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित सिद्धार्थनगर नगरपालिका दया पथ बस्ने ३८ वर्षका सुभाष सुनार पक्राउ परेका हुन् ।
सुनारको साथबाट नगद नेपाली रुपैया ७२ लाख ८० हजार बरामद गरिएको सुनौली पुलीस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले जानकारी दिए । सोमबार नेपाली गाडीमा नेपाल आउंदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सोनौली पुलिसले गरेको सयुक्त चेकजाँचमा स्रोत नखुलेको नगद सहित सुनार पक्राउ परेका हुन् ।