बुटवलमा विजनेश इन्कुवेशन तालिम

40

रुपन्देही, २५ साउन । रुपन्देहीको बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ, अन्तरप्रेरणा युवा उद्यमी मञ्च र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु गरिएको हो ।
म्ंगलबारदेखि मास्टर क्लास (तालिम) शुरु भएको हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताए । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्ने बताउँदै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीको रुपमा उभ्याउने विश्वास व्यक्त गरे ।
यीन चार वटा संस्थाको सहकार्यमा यसअघि पनि पहिलो चरणको विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो कार्यक्रम सहभागी भएकाहरु अहिले राम्रो उद्योगीको रुपमा स्थापित भएको अध्यक्ष कसजूले जानकारी दिए । यो कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिनेछ ।