भारत निर्यात हुन थाल्यो छड

36

मोहम्मद हबिब
भैरहवा । रुपन्देहीको श्री स्टिलले उत्पादित फलामे टिएमटी छड भारत निर्यात सुरु गरेको छ ।
बुधबार भैरहवा भन्सार कार्यालय बेलहिया हुदै भारतका नौतनवाका लागि ३५ टन छड नेपालबाट पहिलो पटक निकासी भएको हो ।
चालु आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था सरकारले ल्याएसँगै निजी क्षेत्र उत्साहित भएका छन । यो व्यवस्था लागु भएपछि पहिलो पटक पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गर्यो । छड तर्फको निकासी भने रुपन्देहीको रोहिणी गाउँपालिका –३ सेमरहवामा रहेको केडिया अर्गनाइजेशन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानी श्री स्टील्स प्रा.लि.लेगरेको छ ।
श्री स्टिलका संचालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलो पटक छड निकासी गरेको बताए । सबै भन्दा बढी भुकम्प जाने मुलुक जापानमा प्रयोग हुदै आएको प्रविधीलाई हामीले नेपालमै पहिलो पटक प्रयोग गरेका छौ, यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादित नेपालको पहिलो ब्राण्ड हो । हामीले भारतको नौतनवा स्थित एक फर्मलाई आज एक ट्रक पठाएका छौ, यो सुरुवात हो । अग्रवालले भने
भारतबाट कच्चा पदार्थ स्पन्ज आइरन ल्याएर भारतमै निकासी गर्न सम्भव थिएन, सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि नै यो निकासी सम्भव भएको उनले भने । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरि ७५० डलरमा विक्री हुदै आएको छ ।
झण्डै १५ महिना पछि बिएसआई प्रमाणपत्र आयो जसले निकासीको बाटो खुलेको छ, हामी बाहेक अन्य उद्योगले पनि निकासीका लागि प्रक्रिया अगाडि बढाएका छन । नेपालको लागि गौरवको काम हो सरकारले चाँडै कार्यविधि बनाउनु पर्छ । अग्रवालले भने
स्वचालित प्लाण्टबाट उत्पादित गुणस्तरीय प्राइम छड भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टील्सका विशेषता हुन् ।
प्रतिघण्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक ९०० सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ । उद्योगले ५ वर्ष देखि अत्याधुनिक प्लान्ट मार्फत स्पञ्ज तथा स्क्राब आइरनबाट बिलेट समेत उत्पादन गर्दै आएको अग्रवालले बताए । वार्षिक १ खर्बको छड निर्यात गर्ने क्षमता उद्योगको छ ।
बलियो र गुणस्तर निर्माणसँगै सरकारको समृद्ध मुलुक निर्माणको लक्ष्यमा टेवा पुर्याउने उद्देश्यका साथ सञ्चालित उद्योगले हालैको बजेटमा ल्याएको निर्यात नीतिअनुसार उद्योगले आफ्नो उत्पादन अर्को देश अर्थात् भारत निर्यातको शुभारम्भ गरेको छ । पहिलो लटमा एक ट्रकमा करिब ३५ टनसम्म टिएमटी छड पठाइको ब्राण्ड म्यानेजर दिपक शाहले भने । तीन अर्ब लगानी रहेको रउद्योगमा ५ सय जना प्रत्यक्ष रोजगार पाएका छन । यो सुरुवात र सफलता केवल हाम्रो र उद्योगको मात्रै होइन, रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश र राष्ट्रकै सफलता उनले भने ।
उद्योगका कार्यकारी निर्देशक सोमेस अग्रवालले कार्यविधी बनाएर सरकारी नीति कार्यान्वयन गर्न जरुरी रहेको बताए । छड निकासीपछि देशमा विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत पुग्ने छ भने मुलुकको ब्यापार घाटा कम गर्न टेवा पु¥याउने बताए । भारतबाट कच्चा पदार्थ ल्याई भारतमै निर्यात गर्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन छ, सरकारी नीति कार्यान्वयन भएमा गुणस्तर कायम राख्दै उत्पादन र निर्यातमा बढवा दिन्छौं ।’ बजेटमा गरिएको ८ प्रतिशत सहुलियतको घोषणा छिटो कार्यविधि बनाएर लागू गर्न उनले सरकारसँग आग्रह गरे ।
एक कार्यक्रमका बीच रोहिणी गाऊपालिका अध्यक्ष विद्या यादवले उक्त छड बोकेको मालवाहक ट्रक उद्घाटन गरि गन्तव्य तर्फ पठाएका छन । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले एक ट्रक छड भारत निर्यात भएको बताए, हाम्रो लागि राम्रो कुरा हो । हामी प्रक्रिया पूरा गरि भारत तर्फ तत्काल पठाएको उनले भने ।