एमाले बुटवलले तीन दिने पुष्पलाल स्मृती दिवस मनाउने

64

बुटवल, ४ साउन । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले जनसंगठन समन्वय संयन्त्र गठन गरेको छ । बुधबार बसेको २२ वटा जनवर्गीय संगठनहरुको संयुक्त बैठकले संयन्त्र गठन गरेको हो ।
बैठकले जनसंगठनहरुको शुद्धिकरण तथा सुद्धृढीकरण अभियान सञ्चालन गर्ने कार्ययोजना पापिरत गरेको छ । त्यस्तै बैठकले तीन दिने पुष्पलाल स्मृती दिवस मनाउने निर्णय गर्दै साउन ५ गते बिहीबार सरसफाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै साउन ६ गते पुष्पलालको तस्वीरमा माल्यार्पण र विचारगोष्ठी कार्यक्रमको आयोजना गर्ने र ७ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा पार्टी जिल्ला कमिटी उपसचिव चित्रबहादुर कार्मी, प्रदेश कमिटी सदस्य गोपाल रानालगायतले आ–आफ्नो धारणा राखेका थिए ।