फर्निचर उद्योगीद्धारा तिलोत्तमा क्षेत्रमा अनुगमन

456

बुटवल, १९ असार । बुटवल फर्निचर उद्योग संघमा आवद्ध तिलोत्तमा क्षेत्रका उद्योगीहरुको भेलाले तिलोत्तमा क्षेत्र अनुगमन समिति गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष साबित्रा ट्न्डन ले उद्योगीहरुको समस्याको पहिचान गर्ने र त्यसको समाधानका लागि पहल गर्ने थलोका रुपमा अनुगमन समिति गठन भएको हुँदा त्यसलाई क्रियाशिल बनाउन आग्रह गरिन् । उनले संघको संस्थागत विकासमा साथै उधोगी हरुको बिकास मा अनुगमन समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिइन् ।
संघका पुर्ब अध्यक्ष बिष्णु कुमार श्रेष्ठले फर्निचर उधोग संघको ईतिहास बताउदै यस क्षेत्रमा नियमपूर्वक काम गरेका व्यवसायीहरु नै मर्कामा परेको उल्लेख गर्दै भारतीय झोले मिस्त्री र मजदुरहरु सधै हाम्रा लागि टाउँको दुखाई भएको हुँदा त्यसको समाधानका लागि सबै व्यवसायीहरु एकजुट हुनु पर्ने बताए ।
संघका पुर्ब अध्यक्ष रुपन्देही उधोग संघ अध्यक्ष माधव प्रासाद पौडेलले क्षेत्रगत समस्याहरुको पहिचान गरी त्यसको समाधानका लागि सामुहिक पहल गरी संघमा लिएर आउन आह्वान गर्दै त्यसको समाधानका लागि आफुहरु सधै लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका अध्यक्ष साबित्रा ट्न्ड्न को अध्यक्षता, महासचिव अशोक कुवर को सञ्चालन तथा दितिय उपाध्यक्ष जिवकान्त काफ्लेको धन्यवाद ज्ञापनमा सम्पन्न उद्योगीहरुको भेलाले कुमार फर्निचर उ्रद्योगका राज कुमार थापाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा ग्लोबल ईन्टेरियर उद्योगका लिल कार्की , ईसान स मिल तथा फर्निचर उद्योगका बिनोद न्यौपाने स– सयोजन र सदस्यहरुमा गोबिन्द श्रेष्ठ ,केशव थापा ,गोपाल पन्थी ,दिपक गौतम ,रामचन्द्र कडेल ,बिनोद ढकाल ,बिकास भट्टराई ,स्याम कु शर्मा रमेश खनाल कृष्ण चौधरी रुपेसकु गौतम,मेघराज रेग्मी ,नर ब बि. क पारस घिमिरे ,प्रकाश न्यौपाने लक्षुमण श्रेष्ठ, राजेस शर्मा बडई ,महेस शर्मा चयन भएका छन् । भेलाले समितिको सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष तेज प्रसाद पराजुली, सहकोषाध्यक्ष गोबिन्द प्रासद पाण्डे , कार्यसमिति सदस्य प्रेम गौतम , खिम बहादुर खड्का ,कपिला राईमाझी र राज कुमार थापा लाई चयन गरेको छ ।
कार्यक्रममा संघका सल्लाहकार बिष्णु कुमार श्रेष्ठ ,माधव पौडेल ,बिष्णु प्रसाद पाण्डे ,प्रेस सल्लाहकार दामोदर खनाल नि बर्तमान अध्यक्ष सुरेन्द्र ज्ञवाली, संघका पधादिकारी,कार्य समिति सदस्य , संघका कार्यलय प्रमुख थर्कराज खनाल र तिलोत्तमा क्षेत्र का विभिन्न फर्निचर उद्योगीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच बुटवल फर्निचर संघको तिलोत्तमा अनुगमन टोलिद्दारा बिना दर्ता काम गर्दै हिड्ने ठेकेदार तथा घुमन्ते टोलि लाई खबरदारी गरेको छ । बुटवल फर्निचर संघ को तिलोत्तमा अनुगमन टोलि द्दारा बिना दर्ता काम गर्दै हिड्ने ठेकेदार तथा घुमन्ते टोलिलाई खबरदारी गरेको छ । शनिबार गठित अनुगमन टोलिद्दारा मणिग्राम आसपासको क्षेत्रमा अनुगमन गर्ने क्रममा बिना दर्ता काम गर्दै हिड्ने ठेकेदार तथा घुमन्ते टोलीलाई फेला पारी पहिलो पटक खबरदारी गरी आगामी दिनमा यसरी नहिड्ने दर्ता भैइ काम गर्ने सर्तमा छोडेको छ ।
बुटवल फर्निचर उधोग संघका उधोगीहरुलाई बिना दर्ता काम गर्दै हिड्ने ठेकेदार तथा घुमन्ते टोलिले सबै भन्दा बढि मर्कामा पारी फर्निचर उधोग नै बन्द गर्ने स्थिति सृजना भएको अनुगमन टोलीका उद्योगीहरुले बताएका छन् ।