रैनादेवि छहरामा गठबन्धन दलहरुको जीत

731

पाल्पा, १ जेठ । पाल्पाकोे रैनादेवि छहरा गाउँपालिकामा गठबन्धनका दलहरुले नै धेरै ठाउँमा जीत हासिल गरेका छन् । कुल ८ वटा वडा रहेको यो पालिकामा ४ वटा वडाहरुको मत परिणाम सार्वजनिक भइसकेको छ ।
जसमा नेकपा एमालेबिरुद्ध उत्रिएका गठबन्धन दलहरुले तीन ठाउँमा प्यानल नै जित्न सफल भएका छन् भने एक वडामा एमालेको अध्यक्ष र एक सदस्यले जित हासिल गरेका छन् ।
जसअनुसार वडा नं. १ मा गठबन्धनबाट माओवादी केन्द्रका सोमबहादुर दर्लामी, वडा नं. ७ बाट गठबन्धनकै नेपाली कांग्रेसका देवेन्द्र पुन र वडा नं. २ मा गठबन्धनकै नेपाली कांग्रेसका दानबहादुर पौडेल निर्वाचित भएका छन् ।
वडा नं. ८ मा भने एमालेका रेमबहादुर रानाले वडाअध्यक्ष पदमा जित हासिल गरेका छन् । उनीसंगै एमालेका एक सदस्य पनि बिजयी भएका छन् । बाँक ४ वटा वडाको मतगणना जारी छ । अन्य वडामा पनि गठबन्धन दलहरुकै जित हुने आकंलन गरिएको छ ।
गाउँपालिका अध्यक्षको लागि एमालेका रामबहादृर राउत र कांग्रेसका रुक्मागत भट्टराई प्रतिस्पर्धामा छन् । अग्रता भने गठबन्धनका भट्टराईले नै लिएका छन् । यस पालिकामा गठबन्धनमा कांगेस्र, माओवादी र एकीकृत समाजबादी छन् भने एमालेले एक्लै प्रतिस्पर्धा गरेको छ ।