गठबन्धनको जीत कसैले रोक्न सक्दैन : खाँण

109

बुटवल, बैसाख २४ । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले रुपन्देहीमा गठबन्धनदलका उम्मेदबार बिजयी नजिक पुगेको बताएका छन् । उनले अन्य पार्टी पार्टी परिवर्तन गरेर गठबन्धनमा होमिनेहरु दैनिक रुपमा बढ्दै गएको र घरदैलोमा पुग्दा मतदाता गठबन्धनप्रति उत्साहित भएको पाइएको बताए । उनले रुपन्देहीमा गठबन्धनको जित पक्का रहेको बताए ।
बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै उनले अब आफुहरुको जितलाइ कसैले रोक्न नसक्ने दाबि गरे ।
रुपन्देहीको तिलोत्तमा नगरका मेयरका दाबेदार रहेका उनले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाए ।
तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताए । उनले यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको भन्दै अब कांग्रेसले जितेपछि नगरलाइ सुशासनमा नम्बर वान बनाउने र बेरुजु शुन्य बनाउने काम आफूहरुको नेतृत्वले गर्ने बताए ।
उनले नगरमा सुशासन,स्वास्थ्य,सरसफाइ,शिक्षा,सामाजिक सुरक्षा,भौतिक पुर्वाधार ,कृषि लगायतका जनताका एजेन्डा अगाडी सारिएको बताए ।
यसैबीच रुपन्देहीको तिलोत्तमामा ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले लगायतका पार्टी परित्याग गरि उनीहरुले नेपाली कांग्रेस रोजेका हन् ।
तिलोत्तमा वडा न ३ मा एक कार्यक्रममा बिच उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको जिल्ला सदस्य कमला अधिकारीले जानकारी दिए ।
नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमामा कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले पार्टीमा स्वागत गरे ।