पाल्पाको तिनाउ गापामा जीत कस्को ?

1289

भुवन कार्की (टिप्पणी)
पाल्पा, २१ बैशाख (०७९) । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको तयारी देशैभरि जारी छ । पाल्पाको तिनाउ गाउँपालिकामा पनि दलका उम्मेद्वारहरु तीब्र तयारीमा छन् । नेकपा एमाले, विप्लव माओवादी र गठबन्धन दलका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) पार्टीका नेताहरु प्रतिस्पर्धामा छन् । राप्रपा पनि एकल प्रतिस्पर्धामा छ ।
गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेद्वारमा माओवादी केन्द्रका युवा नेता राजेश श्रेष्ठ र एमालेको तर्फबाट प्रेम श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन् । यी सबैै दलका प्रत्यासीले घरदैलो अभियान तीब्र बनाएका छन् । गठबन्धन दलका उपाध्यक्षका उमेद्वार एवं कांग्रेस नेता लालबहादुर थापाका अनुसार गठबन्धन दलका उम्मेद्वारहरुले पहिलो चरणको घरदैलो सकेर दोस्रो चरणका भेटघाट कार्यक्रम जारी राखेका छन् । तीनाउ गाउँपालिकाका ६ वटै वडाका सबै टोलमा घरदैलो गरिएको थापाले जानकारी दिए । एमालेले पनि घरदैलो जारी राखेको छ ।
गापामा जीत कस्को ?
गत वि.सं. ३०७४ सालको निर्वाचनको आंकडा अनुसार तिनाउ पाउँपालिकामा सदर मत नेकपा एमालेको २८००, कांग्रेसको २७०० र माओवादी केन्द्रको मत २४०० थियो । यसमा करिब ७ सय मत अहिले नयाँ थपिएका छन् । नयाँ पुराना गरेर कुल मत संख्या अहिले १४३८६ पुगेको छ । यसमा करिब ७० प्रतिशत मत खस्ने अनुमान गर्न सकिन्छ ।
यो निर्वाचमा मुख्य दलहरुकोनै प्रतिस्पर्धा हुँदैछ । साना दलबाहेक यी ठूला दलहरुको मत मात्र जोड्दा पनि गठबन्धन दलका उम्मेद्वारको जीत निश्चितप्राय देखिन्छ । गठबन्धन दलभित्र हुने गरेका मतभेद र असन्तुष्टिले केही मत तलमाथि हुन सक्छन् । तर गठबन्धन दलका केही मत दायाँबायाँ भएपनि उम्मेद्वारले हार्ने सम्भावना भने न्यून छ । तैपनि एमालेले गठबन्धनभित्र असन्तुष्ट रहेका नेता कार्यकर्ताको मत तान्ने प्रयासमा छ । पालिकामा अध्यक्ष पद पार्टीले नपाएको भनेर केही नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट छन् । साथै उसले नेकपा माओवादी (विप्लव) समूहका भोट पाउने भएको छ । उनीहरुबीच सहमति भइसकेको छ ।
तीनाउमा धेरै ग्रामीण बस्ती भएकाले यहाँ ७० प्रतिशत मत खस्नु पनि राम्रो हो । त्यसबाहेक वैदेशिक रोजगारीमा गएकाहरु अनुपस्थित रहनेनै भए, कतिपयको निधन भएको छ । अतः यो आसन्न निर्वाचमा गठबन्धन दलका उम्मेद्वारले निर्वाचन जित्ने संभावना पनि ७० प्रतिशत भन्दा कम छैन । अन्य उम्मेद्वार भन्दा अध्यक्षका प्रत्यासी राजेश श्रेष्ठले भारी मतान्तरले विजय हासिल गर्ने आकंलन गरिएको छ ।
को हुन् राजेश श्रेष्ठ ?


तिनाउको पैठेडांडा भन्ने गाउँमा वि.सं. २०३१ बैशाख १ गते बुवा बृजमान र आमा बालकुमारीको कोखबाट जन्मिएका श्रेष्ठले विद्यार्थी कालबाटै राजनीतिमा प्रवेश गरेका थिए । खासगरी ०४६ सालपछि सक्रिय विद्यार्थी राजनीतिमा लागेका राजेशले समयको गतीसंगै राजनीतिक धरातल पनि उँचो बनाएका छन् ।
०५२ सालमा आखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनेका श्रेष्ठ ०५५ सालमा नेकपा (एकता केन्द्र) को पाल्पा जिल्ला सदस्य, ०५७ सालमा संयुक्त जनमोर्चा जिल्ला सचिव, ०६५ मा एकीकृत मोओवादी जिल्ला सचिवालय सदस्य हुँदै ०७४ देखि हलसम्म तिनाउको माओवादी केन्द्र अध्यक्ष कामय छन् ।
यसअघि भएको स्थानीय तहको पहिलो निर्वाचनमा तिनाउँ गाउँपालिका वडा नं. २ बाट वडाअध्यक्ष बिजयी भइ पालिकाको प्रवक्ताको समेत जिम्मेवारी पाएका राजेश राजनीतिमा चतुर खेलाडी मानिन्छन् । सबैसंग भिज्न सक्ने सरल र सकारात्मक सोंच राख्ने उनी धेरै सामाजिक अभियानमा पनि सहभागी छन् । समाजिक काममा धेरै लगनशील भएर लागेकै कारण उनी समाजमा लोकप्रिय छन् । उनले विभिन्न सामुदायिक बनमा नेतृत्वदायी भूमिकामा काम गरे । शिद्बाबा मन्दीर ब्यवस्थापन समिति सचिव साथै विभिन्न टोल विकास समितिमा पनि उनले काम गरे । तीन कार्यकाल वनहरुको संजाल सामुदायिक वन समन्वय समितिको अध्यक्ष भएर काम गरेका ब्यक्ति हुन् राजेश । सामुदायिक वन संरक्षण एवं वातावरण संरक्षण अभिानमा लागेर कैयौं पटक नेपाल सरकारबाट उनी पुरस्कृत पनि भएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचन अघिसम्म राजनीतिसंगै शिक्षण पेशामा आबद्ध राजेशले स्नाकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । राजनीतिमा शुभ संकेत पाएका राजेशले यसपटकको निर्वाचन जित्न दिनरात जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । विवाहित राजेशका एक आमा, श्रीमती र दुई छोराछोरी छन् ।
वडाका दरिला उम्मेद्वार दिनेश


तिनाउ गाउँपालिकाका ६ वटैे वडामध्ये निर्वाचन जित्न सबैभन्दा सहज मानिने गठबन्धनका तर्फबाट माओवादीका युवा नेता दिनेश जीसी (घर्ती क्षेत्री) हुन् । गठबन्धनबाट वडाअध्यक्षको उम्मेद्वार बनेका जीसी दोभानको बगाहामा आमा रिता र बुवा चोजबहादुर घर्तीको कोखबाट वि.सं. २०४४ साल चैत १४ गते जन्मेका हुन् ।
स्थानीय थानीडांडा निमावि, दोभान मावि हुँदै पाल्पा बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेका उनले औपचारिक शिक्षालाई नियमित गर्दागदै माओवादी जनयुद्धमा होमिए । वि.सं. २०५४ सालदेखि पूर्णकालिन कार्यकर्ताको रुपमा माओवादी जनयुद्धमा होमिएका दिनेश अन्ततः राजनीतिमै जमेर छोडे । जनयुद्धमा बन्दुकनै बोकेर होमिएका जीसी ०५९ सालदेखि माओवादीको जनसांस्कृतिक फाँट समालेर काम गर्न थाले । श्रीनगर सांस्कृतिक मोर्चा हुँदै ०६४ सालमा पाल्पाको सांस्कृतिक फांट इन्चार्ज समेत भए । उनी प्रतिरोध सांस्कृतिक परिवार र पश्चिम केन्द्रीय सामना सांस्कृतिक परिवारमा समेत समाहित भए । दिनेशले थुप्रै गीत गाएका छन् भने साहित्य सृजना गरेका छन् । उनले (सालैभरी जोतियो, लौ आयो बिजयको दिन, उर्लेर आयो कालिगण्डकी) नामका गीत गाएका छन् ।
प्रदेश सांसद तुलाराम घर्तीको सचिवालयमा तीन वर्ष काम गरेका दिनेश माओवादी केन्द्र तिनाउको हालका उपाध्यक्ष पनि हुन् । सरल र मिलनसार स्वभावका दिनेश अध्ययनशील छन् । पुस्तकहरु पढ्न र साहित्य सृजना गर्न रुचाउने उनले जनताको सुखदुखमा सगै रहने प्रतिबद्धता ब्यक्त गर्दछन् । राजनीति मार्फत समाज सेवालाई निरन्तरता दिन चाहने जीसी हाल वडाअध्यक्ष पदमा विजयोन्मुख छन् ।
जीत सूनिश्चित
तिनाउ गापाको वडा नं. २ माओवादीको पकड क्षेत्रनै हो । यसअघि राजेश श्रेष्ठले वडाअध्यक्ष जितेको यो वडामा कुल मत संख्या २६७० छ । यसमध्ये माओवादीको ७८१, एमालेको ४५० र नेपाली कांग्रेसको ३५० मत छ । अन्य साना पार्टीको पनि छिटफुट मत छन् । यो पटक माओवादी र कांग्रेसको मत मिलाउदा केही मत दायाँबायाँ हुँदा पनि झण्डै ७० प्रतिशत मत जीसीले पाउने आंकलन गरिएको छ । करिब ९०० मतान्तरले निर्वाचन जित्न सकिने दिनेशको अनुमान छ । यसर्थ उनी बिजयोन्मुख छन् ।

यो उम्मेद्वार प्रचार विज्ञापन सशुल्क हुनेछ