तिलोत्तमा उद्योग ब्यापार संगठनद्धारा वृहत रक्तदान

473

तिलोत्तमा, २५ चैत । तिलोत्तमा उद्योग ब्यापार संगठन रुपन्देहीले शुक्रबार विहान रुपन्देहीको कोटिहवामा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवन दान भन्ने मूल नाराकासाथ संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संगठनको बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष प्रेमबहादुर घर्तीले जानकारी दिए । समाजिक उत्तरदायित्व बोधकासाथ रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सुर्य चापागाईले जानकारी गराए । संगठनका उपाध्यक्ष भूपति न्यौपानेका अनुसार संस्थामा आबद्ध पदाधिकारी, सदस्यहरु, सल्लाहकारहरु तथा अन्य मजदुर संगठनका ब्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई संंगठनले खाना नास्ताको पनि ब्यवस्था गरेको संगठनका महासचिव हेमलाल न्यौपानेले बताए ।
नेपाल रेडक्रस सोसाइटी सक्तसंचार सेवा इकाइ रुपन्देही जिल्ला शाखा भैरहवा तथा रक्तसंचार सेवा केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको संगठनका सचिव युवराज पराजुलीले जानकारी दिए । कार्यक्रमको सहसंयोजकमा मनु श्रेष्ठ रहेकी थिइन ।