आत्मनिभर अर्थतन्त्रको विकास गर्न जोड

288

बुटवल, ६ माघ । रुपन्देही व्यापार संघको पुस १९ गते सम्पन्न २० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधवार बुटवलमा सम्पन्न भएको छ । संघको निर्र्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एंव प्रदेशसमा सदस्य भोजप्रसाद श्रेष्ठले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि साना व्यवसायहरुको संरक्षण र प्रबद्र्धन गर्न राज्यले आवश्यक नीति नियम निर्माणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा निवर्तमान हुनु भएका अध्यक्ष यमलाल लोहनीले पछिल्लो समयमा कोराना र लकडाउनले व्यवसायीक क्षेत्र निकै प्रभावित भएको बताउदै आहात बनेका व्यवसायीहरुलाई राज्यले राहातका रुपमा सहयोगि हातहरु अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।
नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै व्यावसायीक हितका लागि संघले कुनै प्रकारका असहज परिश्थितीमा पनि काम गर्ने बताए ।
उनले उद्योगीहरुको र व्यवसायीहरुको समस्या अलग प्रकृतिका छन् र फरक–फरक प्रकृतिका विषयहरु हुन् र तिनको समाधानका लागि राज्यका नितिहरु पनि फरक फरक हुनुपर्दछ भन्ने हाम्रो मान्यतालाई अगामी दिनमा पनि स्थापित गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष माधव प्रसाद पौडेल, रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरु पदम प्रसाद श्रेष्ठ, मोतीलाल पाण्डे, श्रीकृष्ण पोखरेल लगायत बोलेका थिए ।