तिलोत्तमा थाल्यो ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी

192

तिलोत्तमा, पुस २६ । रुपन्देहीको तिलोत्तमानगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्टओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ ।छिमेकीमुलुकभारतमाओमिक्रोन संक्रमणतीव्र रुपमा फैलिएको र नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने भन्दै तिलोत्तमाले पूर्वतयारीकाकामलाई तीव्रताका साथअघिबढाउने निर्णय गरेको हो ।
आइतबार बिहान बसेको तिलोत्तमानगरस्तरीय कोभिड संकटव्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकलेकोरोनाको जनस्वास्थ्यतथा सुरक्षामापदण्डपूर्ण रुपमाकार्यान्वयन गर्ने÷गराउने निर्णय गरेको छ ।नगर प्रमुखबासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले केउलानीमारहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नती गरी स्वास्थ्यकर्मीलगायतआवश्यक उपकरण,स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै ओमिक्रोन भाईरसको बारेमा स्वास्थ्यविज्ञद्धाराजनप्रतिनिधि, स्वास्थ्यकर्मी एवम् सम्पूर्ण टोल विकास संस्थाकापदाधिकारीहरुलाई अभिमुखीकरण गर्ने, नगरक्षेत्रभित्र कोरोना जोखिमको आँकलन गर्न विभिन्न स्थानहरुमानमूना संकलनतथा परीक्षण गर्ने निर्णय पनिनगरस्तरीय सिसिएमसीको बैठकले गरेको छ । मुलुकबाहिरबाटआएकाव्यक्तिहरुको पहिचान, परीक्षण गरी संक्रमितहरुलाई होम आइसोलेसनमाबस्न अनुरोध गर्ने,सचेतनामुलक, प्रतिरोधात्मकएवम् स्वास्थ्यप्रवद्र्धनात्मकउपायहरु अवलम्बन गर्न अभियानचलाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा राजनीतिकदलकानगरस्तरीय प्रमुख, सुरक्षानिकायकाप्रमुखलगायतले स्वास्थ्य सुरक्षाकामापदण्डलाई कडाईका साथ परिपालना गराइनुपर्नेमा जोड दिएकाथिए ।
कोरोनाभाइरसको नयाँ भेरिअन्टओमिक्रोनको सङ्क्रमण नेपालसहितविभिन्न देशमापुष्टिभइसकेको छ।नेपालमादिनानुदिनओमिक्रोनको संक्रमणबढ्दै गएको तथ्यांकले देखाएको छ । दक्षिणअफ्रिकामापहिलो पटक देखिएको यो भेरिअन्टपहिलेका भेरियन्टभन्दातीव्र रुपमा फैलिएको स्वास्थ्यविज्ञहरुले जनाएकाछन् ।