फुटसल प्रतियोगिता स्वास्थ्यकर्मी महिलाले जिते

408

बुटवल, ११ पुस । रेडियो मुक्तिद्धारा आयोजित महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन् ।
शनिबार बुटवलमो देवीनगरमा सम्पन्न प्रतियोगितामा ११ समूहलाई पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मी महिलाहरुले उपाधी जितेका हुन् । फाइनल खेलमा स्वास्थ्यकर्मी महिल समूहले बुटवल उपमहानगरपालिकाका कर्मचारी महिलालाई पेनाल्टीमार्फत हराएको थियो । विजेताले उपाधिसंगै नगद १० हजार नगद, शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कर्मचारी महिलाले दोस्रो स्थान हासिल गरेका छन् । उपविजेता बुटवल उपमहानगर पालिकाका कर्मचारीले उपमहानगरले नगद ५ हजार रुपैया नगद शील्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडी लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी महिलाको तर्फबाट मुना दर्लामी र सोही टिमबाटै उत्कृष्ट किपर विपना भण्डारी भए । यस्तै सर्वाधिक गोलकर्ता किसान समूह सैनामैनाबाट सुनिता चौधरी , सर्कोकृष्ट डिफेन्डर बुटवल उपमहानगरकी कर्मचारी महिला कमला विक भइन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,अनुशासित खेलाडीलाई पनि नगदसहित सम्मान प्रतियोगिता संयोजक अमृता अनमोलले जानकारी दिइन् ।
महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति बुटवलले महिला शसक्तिकरणका लागि खेल भन्ने नारासहित महिला फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा एकल महिला, सञ्चारकर्मी, कृषक समूह ,स्वास्थ्यकर्मी ,व्यवसायी,किशोरी, द्धन्द्ध पीडित लगायत १२ महिला समूहको सहभागिता रहेको थियो । सहभागी टिमलाई रेडियोका अध्यक्ष खेमकुमारी पोखरेल दीपु र खेल संयोजक अमृता अनमोलले पुरस्कार वितरण गरिन् ।