अन्य पार्टीका एकसय कार्यकर्ता माओवादीमा प्रवेश

493

बुटवल, १९ असोज । नेपाल कम्युनिष्ट पार्र्टी (माओवादी केन्द्र) रुपन्देही समन्वय समितिको बैठक मंगलबार बसेको छ । बैठकअघि नेकपा एमाले, नेपाली काँग्रेस तथा अन्य पार्टी परित्याग गरी आएका करिव एक सय जनालाई माओवादी रुपन्देहीले पार्टी प्रवेश गराएको पार्टीका जिल्ला संयोजक निर्मल जीसीले जानकारी दिए ।
जीसीका अनुसार खासगरी रुपन्देहीको देवदह नगरपालिका र सियारी गाउँपालिकाबाट अन्य पार्टी परित्याग गरेर आएकालाई पार्टी प्रवेश गराइएको हो । पार्टी प्रवेश कार्यक्रममा माओवादी लुम्बिनी प्रदेश सहइन्चार्ज हकिकुल्ला खाँ, रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) लागयतका नेताहरुले बोल्दै अब नेकपा माओवादीलाई थप बलियो बनाउन संगठन सुधृढिकरण अभियानमा लागेको बताए । नेपालको मुल राजनीति माओवादी केन्द्रकै वरिपरि घुमेको भन्दै अव माओवादी समाजवादको दिशामा अघि बढ्ने नेताहरुले चर्चा गरे ।
पार्टीका रुपन्देही संयोजक निर्मल जीसीको अध्यक्षतामा बसेको बैठक मंगलबार दिउँसोसम्म जारी छ । बैठकमा जिल्ला तथा लुम्बिनी प्रदेशतहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति छ ।