देवदहको बजेट एक अर्व सवा चार करोड

103

रुपन्देही, असार २५ । देवदह नगरपालिकाले ९ औं नगर सभा–२०७८ को दोश्रो बैठक सम्पन्न भएको छ । नगर सभामा आर्थिक बर्ष २०७८÷०७९ को लाग अनुमानित एक अर्व ४ करोड २८ लाख २४ हजार बरावरको विनियोजित बजेट प्रस्तुत गरिएको छ । नगर सभामा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आर्थिक बर्ष २०७८÷०७९ को लागि बार्षिक बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ ३ करोड ५९ लाख, सामाजिक विकास तर्फ २४ करोड ४३ लाख, पुर्वाधार विकास तर्फ २४ करोड ३० लाख, वातावरण तथा विपद् व्यवस्थापन तर्फ एक करोड ६६ लाख ५० हजार, संंस्थागत विकास तथा सेवा प्रवाह तर्फ १६ करोड ३० लाख, नगर प्रमुख तथा उपप्रमुख सम्वोधित कार्यक्रम तर्फ ६० लाख, संघीय र प्रदेशको शर्शत तर्फ २७ करोड ३० लाख ४४ हजार, वडा कार्यालय तर्फ ११ करोड ४२ लाख, समपुरक एक करोड, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम तर्फ ७० लाख र गत आर्थिक बर्ष क्रमागत योजना तर्फ ६ करोड ५० लाखको बजेट प्रस्तुत गर्नु भएको छ । उपप्रमुख गुरुङ्गले नगर सभामा आर्थिक बर्ष २०७८÷०८९ को लागि आर्थिक विद्येयक–२०७८ समेत प्रस्तुत भएको थियो । उपप्रमुख गुरुङ्गले देवदह नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को लागि शिक्षा, स्वास्थ्य, पुर्वाधार र पर्यटनलाई विशेष जोड दिईएको बताइन् । उनले देवदह नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागि विनियोजित बजेट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सोचे जस्तो काम गर्न नसकिएको बताइन् । नगर सभामा नगर प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर प्रमुख खत्रीले आर्थिक बर्ष २०७७÷०७८ मा कृषि उत्पादनको लागत घटाउन सहकारी, कृषक समुह, कृषि फर्म मार्फत नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपपकरण वितरण गरेको बताए । उनले कोरोना भाईरस संक्रमणको वीच वालवालिकाको सिकाईलाई सर्वोपरीमा राखी रेडियो शिक्षा, विद्यालय र टोल टोलमा सिकाई केन्द्र निर्माण गरी पाठय पुस्तक वितरणको व्यवस्था गरिएको बताए । उनले कोभिड १९ को संक्रमण न्यूनिकरणका लागि देवदह नगरपालिका भित्र रहेका सवै शिक्षण संस्थाहरुमा अटोमेटिक ह्याड सेनेटाईजर मेसिन उपलव्ध गराएको बताए । देवदह नगरपालिकाले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथामको लागि अस्थाई क्वारेन्टाईन र आईसोलेसन तयार गरी सेवा प्रदान गरेको बताए । उनले देवदह नगरपालिकाले ७ सय ७८ जना स्थानीय र ३ सय ७७ जना बाहिरको गरी ११ सय १५ जनालाई सेवा प्रदान गरेको बताए । देवदह नगरपालिकाले कोरोना परिक्षणको लागि आर डिटि परिक्षणको व्यवस्था गरेको नगर प्रमुख खत्रीले बताए । देवदह नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथामको लागि देवदह कोरोना अस्थाई अस्पताल निर्माण गरी आमनागरिकलाई सेवा प्रवाह गरेको बताए । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको नगर सभाले अर्को नगर सभा यही असार २९ गते बस्ने निर्णय गरेको छ । नगर सभामा पप्पु गुप्ता, धुव्र्र खरेल, देवु भट्टराई, शेरबहादुर केवट लगायतले आ–आफना भनाई राखेका थिए । यसैगरी देवदह नगरपालिकाको ९ औं नगर सभाको दोश्रो बैठकमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नगर सभामा सञ्चारको क्षेत्रमा रहेर योग्दान गरेको भन्दै देवदहका पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने पत्रकारहरुमा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका प्रकाशक तिलोचन दहाल, बुद्ध टेलिभिजनका केशव पराजुली, देवदह टेलिभिजनका टंक सुनार, सुरज भट्टराई, निर्मल थापा रहनु भएको छ । उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । नगर सभामा देवदह नगरपालिकाको १२ वटै वडाहरु मध्येबाट सवैभन्दा बढि राजश्व संकलन गरेको भन्दै वडा नम्वर ११ लाई सम्मान गरिएको थियो । नगर सभामा आर्थिक बर्ष २०७७÷०७८ मा विनियोजन योजनाहरु समयमै सम्पन्न गर्ने देवदह–३, लाई पनि सम्मान गरिएको थियो । यसैगरी देवदह क्षेत्रलाई शान्ति कायम गर्न खट्नु हुने देवदह प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक दिपक महत क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । नगर सभामा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको अवस्थामा अग्रपत्तिमा रहेर आमनागरिकलाई सेवा प्रवाह गरेको भन्दै स्वास्थ्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे तथा स्वास्थ्यकर्मीहरुर्ला सम्मान गरिएको थियो । यसैगरी देवदह नगरपालिकाको कार्य सम्पादनमा राम्रो काम गरेको भन्दै नगरपालिकाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।