किसानका बारीमै कुहिए तरकारी

55

दिपक न्यौपाने
बुटवल । सैनामैना नगरपालीका , सेतो गुरास बाल बिकास सेवा रुपन्देही तथा सयुक्त राष्ट्रसंघिय बिकास कार्यक्रम यूएनडिपीको कोभिड १९ उद्धार र सामाजीक आर्थीक प्रतीकार्य परियोजना पहिलो बर्षमा असफल देखीएको छ ।
सैनामैना नगरपालीका वडा नम्बर ७ मा सन्चालीत उक्त परियोजनामा १५ जना कृषकहरुले मिलेर सामुहिक रुपमा तरकारीदेखी फलफुल खेती गर्दै आएका छन । यदपी ९ महिनादेखी निरन्तर रुपमा खटिएका कृषकहरु उत्पादनले बजार पाउनेबेला कुहिएका बन्दागोपी र लौका हेरेर चित्त बुझाउन बाध्य भएका छन ।
बहुतल्ले बृक्षारोपण कार्यक्रमलाइ सैनामैना नगरपालीकाले २५ लाख र युएनडिपीले झन्डै १५ लाख लगानी गरेर सन्चालनमा ल्याएको हो ।
समुहका अध्यक्ष एवम कृषक लक्ष्मण पौड्यालले शुरुमा जस्तो जोश जागर हराउदै गएको हो कि भन्ने भान भएको बताउछन । अब आम्दानी लिनेबेला गोपीजती कुहिएर मल बनायौ , पौडेलले भने – भनेजस्तो बजार पनी पाइएन । कोभीडमै उद्धारका लागी सन्चालन गरिएको परियोजना कोभीडकै कारण मर्कामा परेको छ । बजारमा लगेर बेच्न पनी पाइएको छैन । ”
उनले लौका,बोडी,टमाटर,ठुलो कागती,लिचि जस्ता तरकारी र फलफुल गरेर साढे ५ बिगाहामा उत्पादन शुरु गरेको दैनीक लुम्बिनीलाइ जानकारी दिए । यतीका समयमा गरेको मेहेनतले जम्माजम्मि ५० हजार मात्र रकम समुहमा जम्मा भएको बताए ।
मेहेनतका हिसाबले त हामी अहिलेलाइ घाटामा छौ , कृषकमध्येका एक सदस्यले भने – लामो समयसम्म रहने प्रोजेक्ट भएका कारण पछिलाइ राम्रो होला भनेर धैर्य गरेर बसेका छौ । ” उनले कृषकहरु पुर्ण ब्यबसायीक नहुदासम्म यसले प्रतीफल नदिने स्विकारे ।
यता परियोजनाका प्रमुख दिनेश क्षेत्रीले बर्षौदेखी खाली रहेको जमिनलाइ खेतीमा परिणत गर्दै नेपालकै नमुना फर्म बनाउने लक्ष्यका साथ अगाडी बढेको बताउछन । उनले रिसर्च सेन्टरका रुपमा परिणत गरेर कृषकहरुलाइ धेरैभन्दा धेरै लाभ लिने बाताबरण बनाइने दाबी गरे ।
यो बर्षमात्रै १० लाख बराबरको तरकारी र फलफुल बेच्ने योजना थियो तर सम्भब नभएकै हो , क्षेत्रीले आगामी योजनाबारे थप्दै गए – १ बिगाहामा फुलखेती समेत गरेर बार्षीक रुपमा ४० लाखको उत्पादन गर्नेगरी अगाडी बढ्ने छौ । तर त्यसका लागी १५ जना कृषकहरुले पनी बिशेष चासोका साथ योजनालाइ मुर्तरुप दिनेगरी लाग्नुपर्यो । ”
यस्तै सैनामैना नगरपालीकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो बर्ष सोचेजस्तो सफल नहुनुमा कृषकहरु पनी दोषी रहेको बताए ।
हामीले भरपुर सहयोग गरेका छौ , कार्की भन्छन– उत्पादन भएका तरकारीहरु घरघरमा पुगेर कृषकहरु आफैले बेच्नुपर्यो नी ! त्यसका लागी सबैभन्दा पहिला ब्यबसायीक चेतना हुन जरुरि छ । ”