माओवादी रुपन्देहीको भर्चुअल बैठक : सबै स्थानीय तहमा कोभिड युनिट

428

बुटवल, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीकोे भर्चुअल बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले कोभिड १९ को प्रकोपबाट पीडित तथा आफन्तको सहयोगको लागि कोभिड युनिट गठन गरेको छ । पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही सचिव निर्मल जीसीको संयोजकत्वमा लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाका अगुवा नेता कार्यकताहरु सहभागी रहेको युनिट गठन गरेको हो । जसमा यस क्षेत्रका उद्योगी, ब्यापारी, स्वास्थ्यकर्मी तथा समाजिक संघसंस्थाका प्रतिनिधिहरु समेत छन् ।
माओवादी कोन्द्रका लुम्बिनी प्रदेश सचिव तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा (अपार) को प्रमुख आतिथ्यतामा भएको भर्चुअल बैठकले कोभिड १९ रोकथामको लागि जनस्तरमा विभिन्न काम गर्ने निर्णय गरेको पार्टीका रुपन्देही सचिव निर्मल जीसीले जानकारी दिए । बैठकमा पार्टीका केन्द्रीय सदस्य बामदेव क्षेत्री, हकिकुल्ला खाँ, पार्टी लुम्बिनी प्रदेश कार्यालय सचिव एवं पूर्वमन्त्री सुदर्शन बराल, केन्द्रीय प्रतिनिधि रामप्रसाद बन्जाडे (टंकमणि) प्रदेश सदस्यहरु रिज्जु श्रेष्ठ, रेशम रसाईली, मंक्सुद अली लागयतका नेताहरु सहभागी थिए । बैठकले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्र र १६ वटै स्थानीय तहमा कोभिड युनिट गठन गर्ने निर्णय लिएको छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार रुपन्देहीमा पनि कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि पार्टीले अभियान थालेको नेता रिज्जु श्रेष्ठले उल्लेख गरिन् ।
गठित कोभिड युनिटले कोभिड १९ का बिरामी तथा आफन्तलाई सबै प्रकारका सहयोग गर्नेछ । माक्स, सेटिनाईजर लागयतका स्वास्थ्य समाग्री निःशुल्क बितरण, बिरामीलाई एम्बुलेन्स, अक्सीजन ग्यास सिलिण्डर, बैकल्पीक बडे ब्यवस्थापन गर्न सघाउने लगायतका सहयोग यो युनिटले गर्नेछ ।
पार्टीको बुटवल नगर कमिटिले पनि बुटवलमा सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरेर सबै प्रकारका बिरामी तथा विरामीका आफन्तलाई सघाउने काम गरिरहेको छ । पार्टीका नेता नारायण बन्जाडेको नेतृत्वमा माओवादीले सहयता कक्ष संचालन गरेको हो ।