माओवादीद्धारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

137

बुटवल, ११ जेठ । प्रतिनिधि सभा बिघटनबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले सोमबार रुपन्देहीका विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ ।


संविधानको मर्म विपरित प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको भन्दै माओवादी केन्द्र रुपन्देहीले त्यसको चर्को बिरोध गरेको हो । प्रतिनिधि सभा पुनःस्थापनाको माग समेत पार्टीले गरेको छ । पार्टीका जिल्ला सचिव निर्मल जीसीले दिएको जानकारी अनुसार रुपन्देहीको बुटवल, देवदह र धकधईमा पुत्ला दहन गरिएको थियो । पुत्ला दहनसंगैै पार्टीका अगुवा कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । उनीहरुले ‘प्रतिगमनकारी मुर्दावाद, प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए । विभिन्न नारा लेखिएका प्ले कार्डसमेत प्रर्दशन गरिएको थियो । पुत्ला दहन कार्यक्रममा पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अगुवा विद्यार्थी नेताहरुले पनि सक्रिय सहभागिता जनाएको संगठनका रुपन्देही इन्चार्ज रुपेश पौडेलले जानकारी दिए ।