बस व्यबसायीको चुनावमा बाम गठबन्धनको बहुमत

274

रुपन्देही, चैत १ गते । देशकै ठूलो पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.को प्रथम अधिवेशनबाट एमाले–माओवादी गठबनधनको प्यानलले बहुमत प्राप्त गरेको छ । ११ सदस्यीय सञ्चालक समितिको लागि शनिबार भएको चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हात पारेका छन् ।

एमाले र माओवादी केन्द्र निकटका व्यबसायीहरु दधिराम खरेलको नेतृत्वमा र नेपाली कांग्रेस निकटका व्यबसायीहरु पदम गाहाको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । माओवादी केन्द्र निकट खरेल प्रालिका निवर्तमान अध्यक्ष हुन् भने गाहा प्रबन्ध सञ्चालक थिए । २३ सय ९६ मतदाता रहेको संघको चुनावमा २ हजार ८६ मत खसेको थियो । खरेल प्यानलबाट खरेलले १३३८ मत, जीवनकुमार बञ्जाडेले १५३० मत, रामचन्द्र भुसालले १३८६ मत, मोहन पिएसले १४८४ मत, चेतनारायण बेलवासेले १३५७ मत, नारायणप्रसाद घिघिरेले ११४६ मत, गोपाल पौडेल १२९० मत र कृष्णप्रसाद सापकोटा ११४९ मत सहित विजयी भएका छन् । यस्तै पदम गाहाको प्यानलबाट गाहाले १३८९ मत, कृष्णप्रसाद पाण्डेले १११७ मत र सुरेन्द्र श्रेष्ठले १४२२ मत सहित विजयी भएका निर्वाचन अधिकृत यानेन्द्र जीसीले जानकारी दिए । अधिवेशनबाट निर्वाचित ११ जना सञ्चालकबाट अध्यक्ष चुनिने व्यबस्था छ ।