रुपन्देहीमा साढे छ हजारले लगाए कोरोना खोप

167

रुपन्देही, माघ २६ । रुपन्देहीमा फ्रन्टलाइनर झण्डै ७८ प्रतिशत मानिसले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो चरणमा जिल्लाका १० हजार फ्रन्टलानरलाई खोप लगाउने लक्ष्य राखेपनि पहिलो चरणको खोप अभियानमा ६ जार ७ सय ९१ जनाले मात्रै कोभिड विरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका हुन । ३२ प्रतिशत मानिस खोप लगाउन छुटेका छन् ।
खोप लगाएपछि केही नकारात्मक असर हुन्छ कि भनेर केही स्वास्थ्यकर्मीहरु नै डराएको कारण खोप लगाउनेको संख्यामा कमी आएको बताइएको छ । तर रुपन्देहीमा दुई जनामा सामान्य ज्वारो बाहेक अन्य कुनै असर नदेखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनले भने, ‘पहिलो खोप भएर पनि कतिपय व्यक्ति हच्किचाएका हुन, कोभिड खोपको बारेमा बाहिर मानिसमा मनोवैज्ञानीक त्रास भए पनि रुपन्देहीमा उत्साहजनक नै मान्नुपर्छ ।’
माघ १४ गतेदेखि रुपन्देही सहित देशभर खोप अभियान सुरु भएको थियो । अभियान अन्तर्गतको लक्षित वर्ग अनुसारको तथ्याङ्क अनुसार जिल्लाका पहिलो प्राथमिकतामा परेका ३ हजार ७ सय २८ जना स्वास्थ्यकर्मी, १ हजार ४ सय ३० जना स्वास्थ्य संस्थाका कर्मचारी, एक हजार ४७ जना महिला स्वास्थ्य स्वय सेविका, ९६ जना सरसफाई कर्मी, ६१ जना एम्बुलेन्स चालक, ४६ जना शव व्यवस्थापन सुरक्षाकर्मी, १९ जना बृद्धाआश्रमका आस्रित तथा हेरालु, ३ सय २७ जना जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी र ३७ जना अन्य जोखिमपूर्णले पहिलो खोप लगाएको कोभिड फोकल पर्सन स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

बुधबारबाट सुरु भएको खोपको अभियान पहिलो दिन २ वटा खोप केन्द्रबाट सेवा दिएपनि खोप लागउनेको संख्या दिनानुदिन बढ्दो भएकोले अवश्यकता र सहजताका लागि अन्य ३ वटा सम्म खोप केन्द्र थपेको थियो, पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा ४ हप्ता पछि फेरि खोप लगाईने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले लुम्बिनी टाइम्सलाई बताए।

दोस्रो चरणमा पत्रकारलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलोे चरणबाट बचेको खोप पत्रकार, कूटनीतिकक नियोगका अधिकारीहरुलाई लगाउने बताएको छ । मन्त्रालयका अनुसार बचेको खोप २६ गतेबाट पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय भएको छ । ‘त्यपछि दोस्रो चरणको अभियान सुरु हुन्छ जसको प्राथमिकतामा परेका समूहलाई फागुन १ गतेबाट खोप लगाउन सुरु हुने मन्त्रालय स्रोतले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप नेपाल आएर सबै लाई लगाइदै छ। चीन सरकारले पनि नेपाललाई पाँच लाख डोज कोभिड खोप दिने भएको छ। त्यस्तै नेपाल सरकारले आफै भारतसँग २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको छ।