कृते गरेर नागरिता बनाउनकै जिद्धी बढी

242

भुवन कार्की
पाल्पा, १० माघ । आफ्नो सन्तानलाई मेरो सन्तान होइन, म अंशवण्डा पनि गर्दिन भनेर कुनै वुवाआमाले छोराछोरीलाई भन्ला ? के वुवाआमाको मन त्यती कठोर हुँन सक्ला जसले आफ्नो पुत्रपुत्रीलाई अरु कसैको हो मेरो होइन भनेर भन्न सकोस् ।
तर अर्कैको सन्तान आफ्नो सन्तान बनेर आएपछि पाल्पा रामपुरका वर्ष ४८ का पिताम्बर अधिकारीलाई चरम संकट परेको छ । उनले आफ्नै सन्तान भएकोभए किन स्वीकारेनन् होला ? अरु कसैको छोरो आफ्नै छोरो बनेर आएपछि उनले मेरो होइन भनेर मुद्दामामिला गर्न बाध्य भएका छन् ।
लामो समय भारतमा छिमेकी बनेर बसेका बाग्लुङ जिल्ला गलकोट नगरपालिका—८ पचुवा काडेवासका स्वः मानबहादुर कंडेलका छोरा २२ वर्षका धनबहादुर कंडेल कागजी रुपमै छोरो बनेर मात्र आएनन् अंश मुद्दासम्म हालेपछि पिताम्बर अहिले तनावमा परेका छन् । दुई वर्षअघि सम्म निसन्तान रहेका पितम्बरले भारतबाट नेपाल आउँदा संगै लिएर पनि आउने गरेका थिए । आउनेजाने क्रममा पिताम्बरका भाई कृष्णप्रसाद अघिकारीले कर्मचारीको समेत सेटिङमा धनबहादुरलाई पिताम्बरको छोरा बनाएर वि.सं. २०७२ सालमा नागरिता नै बनाईदिए ।
बिजय अधिकारी नयाँ नाम कायम गरेर नागरिता बनाउन सफल भएर धनबहादुरले अंश मुद्दा हालेपछि सम्पति हडपिने त्रासले अहिले पिताम्बर अधिकारीले पाल्पा जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका छन् । रामपुर नगरपालिका वडा नं. १० (साविक १४) का अधिकारी परिवारमा बाग्लुङका धनबहादुर कंडेल छोरा बनेर आएपछि लफडा शुरु भएको छ ।
धनबहादुरलाई पिताम्बरले छोरा बनाएर ल्याएकोले उनलाई आफूले नागरिता बनाईदिएको पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीको भनाई छ । नागरितामा कृष्णप्रसादले नै सनाखत गरेका छन् । आफूले नागरिता बनाईदिएको कृष्णप्रसादले स्वीकारेका छन् । तर आफ्नो सम्पति बाँढेर खाने प्रपन्चमा आफूलाई जानकारी नदिई कृष्णप्रसादले धनबहादुरलाई नागरिता बनाईदिएको पिताम्बरको भनाई छ ।
अधिकारी परिवारमा कंडेलको छोरोले प्रवेश पाएपछि तिकडम शुरु भएको छ । पिताम्बर अधिकारीले आफ्ना भाई कृष्णप्रसाद र भान्जा भोजेन्द्रप्रकाश ढकाल (बीपी ढकाल) को योजनामा यो सबै भएको आरोेप लगाएका छन् । भोजेन्द्रप्रकाश ढकालले यसअघि १० लाख रुपैयाँ दिए यो विवाद मिलाईदिने भन्दै आफूसंग रकम माग गरेको पिताम्बरले बताए । तर यसलाई भोजेन्द्रप्रकाशले खण्डन गरेका छन् । भोजेन्द्रप्रकाशले भने, ‘मामा पिताम्बरले छोरो भनेर ल्याएपछि हामीले पनि उसप्रति सहानुभूति राखेकै हो, उसलाई सम्पत्ति दिनुभन्दा केही रकम दिएर पठाउँ भन्ने कुरामा रकमको कुरा आएको हो ।’ केही रकमको कुरा भएपनि आफूले १० लाख नै नमागेको ढकालको तर्क छ ।
बाग्लुङको गलकोट नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नो वडाबासी भएको यसअघि नै पुष्टि गरेका छन् । स्वर्गीय मानबहादुर र हरिमाया कंडेलका छ भाई छोरा र दुई बहिनी छोरी रहेको ती मध्ये धनबहादुर कान्छो माथिएको (ठूलोकान्छो) भएको उनले बताए । धनबहादुरकी आमा हरिमाया जिवितै छन् ।
हाल यो घटनाको जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान गरिरहेको छ । सबै पक्षलाई बोलाएर प्रहरीले सोधपुछ गरिरहेको छ । बिजय अधिकारी नामको नागरिता बनाउने धनबहादुर कंडेलाई पनि झिकाएर प्रहरीले गत शुक्रबार सोधपुछ गरेको छ । तर धनबहादुरले आफू पिताम्बरकै छोरो भनी दावी गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्राईले जानकारी दिए । बाग्लुङ निवासी धनबहादुरका दुई दाजुलाई पनि प्रहरीले झिकाएर बयान लिएको छ । यसअघि घरमै पुगेका संचारकर्मीलाई धनबहादुर हाम्रो भाई हो आउनेजाने गर्दछ, बुवाको बर्खीमा आएको हो भन्नेर प्रतिक्रिया दिएका दाजुहरु हिरा कंडेल र सन्तोष कंडेलले प्रहरीसामू भने बयान फेरेका छन् । उनीहरुले आफ्नो भाई भारतमा रहँदा सम्पर्कविहीन भएको बताएका छन् । धनबहादुरको फोटो देखाउँदा पनि हामी चिन्दैनौ भनेर प्रहरीलाई प्रतिक्रिया दिएका कंडेल दाजुभाईले यसअघि पत्रकारहरुसामू यसरी कुरा गरेका थिए ।

 

कृष्णप्रसाद र भोजेन्द्रप्रकाशकै योजनमा उनीहरुलाई बयान फेर्न लगाइएको पिताम्बरको आरोप छ । घटनालाई झन् रहस्यमय बनाउने प्रयास भएपछि प्रहरीले गहिरो अध्ययन शुरु गरेको छ । प्रहरीले सम्बन्धीत ब्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न नसक्दा उनीहरु आफ्नो अडानमा बसेका छन् । कृते गरेर नागरिता बनाउने धनबहादुरकै जिद्धी बढी देखिएको छ । अन्ततः धनबहादुरको डीएनए परीक्षण गरेर भएपनि प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सक्नेछ ।
धनबहादुरका साईला बुवा इन्द्रबहादुर कंडेलकी बुहारी टिला कंडेलले कंडेल परिवारको वारिवारिक अवस्था यसरी बताइन्…