टिप्पर चालकका लागि टाईम कार्ड लागू

106

रुपन्देही, ५ माघ । यस क्षेत्रमा चल्ने टिप्परहरुको लागि लागू गरिएको टाईम कार्ड कोभिड १९ पछि पुनः लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले टाईम कार्ड पुनः लागू गरेको हो ।
प्रदेश कार्यालयमा सोमबार पत्रकार भेटघाट गरी ट्राफिक कार्यालयल यसबारे जानकारी गराएको छ । बुटवलको रामनगरदेखि पाल्पाको दोभानसम्मको ११ किलोमिटर, रामनगरदेखि नवलपरासीको सुनवलसम्मको २३ किलोमिटर तथा दोभान पाल्पादेखि भैरहवाको अञ्चलपुरसम्मको २८ किलोमिटर दुरीको सडकमा टाईम कार्ड लागु गरिएको प्रदेश ट्राफिक कार्यालयल बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।
यसअघि पनि टाईम कार्ड लागु गरिएकोमा कोभिड १९ को प्रकोपपछि कार्यान्वयनमा थिएन । प्रहरीका अनुसार यी रुटमा चल्ने टिप्परहरुले तोकेको स्थान (चेकप्वाइन्ट) मा कार्ड देखाइ इन्ट्री गराउनुपर्नेछ । तोकेको ठाउँमा इन्ट्री नगराई भागेमा नियम अनुसार प्रहरीले जरिवाना काट्ने छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक बिकले ट्राफिक प्रहरीले सवारी चाप भएका यस क्षेत्रका विभिन्न १० स्थानमा डमी राखिएको बताए । समुदायसंग मिलेर विभिन्न ट्राफिक सचेतनाका कार्यक्रमहरु पनि संचालन गरिरहेको उहाँले उल्लेख गरे । सवारी दुर्घटना न्यूनीकरणको लागि चालकलाई प्रशिक्षण तथा ट्राफिक चिन्ह सकेंतबार पनि विभिन्न कार्यक्तममा गरिएको उनको भनाई छ ।