कृते गरेर नागरिता बनाउनेको अनुसन्धान जारी

128

पाल्पा,३ माघ । बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेपछि पाल्पा प्रहरीले त्यसको अनुसन्धान जारी राखेको छ ।
पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा काडेवास निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिता लिएको पाएपछि त्यसको अनुसन्धान थालिएको हो । वि.सं. २०७२ सालमा बिजय अधिकारी नामको नागरिता कंडेलले बनाएका छन् ।
पाल्पा प्रहरीले बाग्लुङका रहेका ती युवाका परिवारलाई पाल्पा झिकाउन पत्राचार गरेको छ । बाग्लुङको प्रहरीले ती परिवारलाई पाल्पा पठाएको भएपनि कंडेल परिवार पाल्पा आउन आनाकानी गरेको पचुवाका स्थानीय तिला कंडेलले जानकारी दिइन् ।
पितम्बर अधिकारीले आफूलाई कुनै जानकारी नदिई आफ्ना भाई कृष्ण अधिकारीले कडेललाई नागरिता बनाईदिएर आफ्नो सम्पति हड्प्ने प्रयास गरेको भन्दै जिल्ला प्रसासन कार्यालय पाल्पामा उजुरी दिएपछि पाल्पा प्रहरीले यसको अनुसन्धान थालेको थियो ।
बाग्लुङको गलकोट नगरपालिक वडा नं. ८ पचुवा काडेवासका वडाअध्यक्ष रामप्रसाद कंडेलले धनबहादुर आफ्नै वडाबासी भएको यसअघि नै पुष्टि गरिसकेका छन् । कंडेल परिवारलाई प्रहरीले पाल्पा बोलाएको तर परिवारले जान आनाकानी गरेको वडाअध्यक्षले बताएका छन् । कृते गरेर नागरिता बनाउने धनबहादुर मानबहादुरको राँइलो (ठूलो कान्छो) छोरा हुन् ।
नयाँ नाम बिजय अधिकारी कायम गरी धनबहादुरले नागरिता बनाएका छन् । नागरिता बनाउन सफल भएपछि उनले पिताम्बर अघिकारीलाई अंशमुद्दा पनि हालेको खुलेको छ । नाम र थर फेरेर उनको नागरिता बनाउन पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीले सहयोग गरेका पाइएको छ । कृष्णप्रसादले नै सनाखत गरेको जिल्ला प्रसासन कार्यालय पाल्पामा रेकर्डमा उल्लेख छ । नागरिता जिल्ला प्रशासन कार्यालय पाल्पाका तत्कालिन प्रशासकीय अधिकृत ताराप्रसाद घिमिरेले जारी गरेका छन् ।
उता बाग्लुङ निवासी धनबहादुरका दाजुभाईले पनि आफ्नो भाईले बाग्लुङबाट नागरिता बनाउन नपर्ने बताउँदै आएको बताएका छन् । बाग्लुङकमा हाल मानबहादुरकी आमासहित तीन दाजुभाईको परिवार बस्दै आएका छन् भने दुई दाजुभाई नवलपरासीको गैैंडाकोटमा छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन गिरीले यसबारे अनुसन्धान थालिएको जानकारी दिए । प्रहरीले घटनाका सबै पक्षलाई बोलाएर घटनाक्रमबारे जानकारी बताइएको छ । नागरितामा सनाखत गरेका विष्णु अधिकारीलाई जोगाउन रामपुरका केही प्रतिष्ठित ब्यक्तिहरुनै लागेको स्रोतको दावी छ । कृष्णप्रसादका केही आफन्तले नै नागरिता बनाउन सहयोग गरेको र उनै ब्यक्तिले घटना लुकाएर थामथुम पार्ने प्रयास गरेको बताइएको छ । यसबारे अनुसन्धान अघि नबढाउन प्रहरीलाई पनि उनीहरुले दवाव दिएको बुझिएको छ । यो घटनामा रामपुुरका केही प्रतिष्ठित मानिसहरु जोडिएका छन् । ती मानिसले यसअघि पिताम्बर अधिकारीसंग १० लाख रुपैयाँ दिए ‘केश मिलाईदिने’ भनी बार्गेनिङ पनि गरेका थिए ।
यसो भन्छन् मानबहादरका दाजुभाई :