केन्द्रीय सदस्य बाँड्दै ओली नेकपा, अस्वीकार गर्दै कार्यकर्ता

150

बुटवल, ९ पुस । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली गुटको बैठकले मनोनयन गरेका दर्जनौं केन्द्रीय सदस्यहरुले मनोनयन अस्वीकार गरेका छन् । संवैधानिक जटिलता उत्पन्न गर्ने गरी प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीबिरुद्ध आक्रोश ब्यक्त गर्दै देशका विभिन्न ठाउँका कार्यकर्ताले मनोनाय अस्वीकार गरेका छन् । मनोनयन अस्वीकार गर्नेको संख्या बढीरहेको छ । हालसम्म निम्न नेताहरुले मनोनयन अस्वीकार गरेका छन् ।
१) डम्बरध्वज तुम्बाहाम्फे (ताप्लेजुङ)
२) गोपाल बुडाथोकी (झापा)
३) जसमाया गजमेर (प्रदेश १ सामाजिक विकास राज्यमन्त्री)
४) ज्ञानेन्द्र श्रेष्ठ (उदयपुरको कटारी नगरपालिका प्रमुख)
५) सुन्दर वि.क. (नेकपा बारा जिल्ला सचिव)
६) कमलेश झा (नेकपा प्रदेश २ सदस्य)
७) भगवती भण्डारी (लुम्बिनी प्रदेश सदस्य)
८) बृहस्पति अधिकारी (नवलपरासी)
९) जागेश्वरीदेवि चौधरी (तिलोत्तमा नगरपालिका उपप्रमुख)
१०) अमरबहादुर डाँगी (प्रदेशसभा सदस्य)
११)टिका खडका (दाङ)
१२)नेत्र पन्थी (रुपन्देही)
१३)नन्द किसोर ढकाल (रुपन्देही)
१४) देबी बस्याल (पाल्पा)
१५) आशोक शाही (पाल्पा)
१६) कमल श्रेष्ठ( पाल्पा)
१७) यज्ञ वोगटि ( अछाम
१८) भैरे कामि (अछाम)
१९)राम दंगाल सचिव (जिल्ला कमिटि खोटांग)
२०) हिरा केवट ( गाउँपालिका प्रमुख, रुपन्देही)