आत्महत्या दुरुत्सान अभियोगमा सैनामैनाका युवक पक्राउ

825

भुवन कार्की
बुटवल, २१ मंसिर । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भिमकुमारी बिकको आत्महत्या प्रकरणमा मुछिएका रुपन्देहीको सैनामैनाका एक युवक पक्राउ परेका छन् । सैनामैनाका बिमल परियार पक्राउ परेका हुन् ।
अनैतिक प्रेम सम्बन्ध राखेका दिएको मानसिक यातनाले उनी मर्न बाध्ये भएको भन्ने ठहरसहित मृतकका माईतीले किटानी जाहेरी दिएका थिए । भिमकुमारी त्यसअघि रुपन्देहीको सैनामैनास्थित बासगढीमा बसेर एक छोरा र छोरीलाई एक निजी विद्यालय पठाउने गर्थिन् । आफ्ना छोराछोरी ओसार्ने स्थानीय सनराइज बोर्डिङको गाडी चलाउन चालक बिमल परियारसंग अनैतिक प्रेम सम्बन्ध चलिरहेका बेला उनले आत्महत्या गरेको मृतकका परिवारले बताएका छन् । नेपाल प्रहरीमा कार्यरत आफ्ना पतिको आँखा छलेर चालक परियारसंग प्रेम सम्बन्ध गाँसेकी विकले परियारसंग अनैतिक सम्बन्ध समेत राख्ने गरेको परिवारको दाबी छ ।
आत्महत्या दुरुत्सान अभियोगमा सैनामैनाका परियारलाई लामो समयपछि शनिबार प्रहरीले रुपन्देहीको सालझण्डीबाट पक्राउ गरी पाल्पा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार परियारलाई शनिबार नै पाल्पा झिकाएर थप अनुसन्धान थालिएको छ । यस घटनाबारे पाल्पा प्रहरीले यसअघि कल डिटेल लिन काम पनि गरेको थियो । मृतकले प्रयोग गर्ने फोनको कल डिटेल लिएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । समाचार स्रोतका अनुसार परियारले आफ्ना घनिष्ट साथी मनु सुनारको नाममा रहेको ९८२७४६५१६२ नम्बरको फोन धरैपटक प्रयोग गरेका छन् । यो नम्बरबाट फोन सम्पर्क गरी उनीहरु भेट्ने गरेको पाइएको छ । त्यस्तै आफ्नी श्रीमती सीता दमाईको नाममा रहेको ९८४७४०२९६९ नम्बरको फोन पनि प्रयोग भएको छ ।
मृतक विककी बहिनी अनिता विकका अनुसार परियार र मृतक बिकबीच अनैतिक सम्बन्ध थियो । उनीहरुबीचको अनैतिक सम्बन्धबारे जानकारी पाएपछि मृतकका श्रीमान् तारा विकले पत्नीको निगरानी गर्न थालेका थिए । बासगढीकै स्थानीय रहेका परियारले मृतक भिमकुमारीलाई भेट्न उनकै निवासमा जाने गरेको र मोटरसाईकलमा विभिन्न ठाउँमा घुमाउने गरेको आफूले पाएको मृतककी बहिनी अनिताले बताइन् । भिमकुमारीले आत्महत्या गर्नु तीन दिनअघि मात्र परियार मृतकको घर पाल्पा चिदिपानी पुगेको उनले बताइन । मृतककी बहिनी अनिताले बिमल परियारले दिएको मानसिक दबावले आफ्नी दिदीले आत्महत्या गरेको दाबी गरेकी छन् ।
अनिताले भनिन, ‘दिदीलाई एक दुई दिन नदेख्दा पनि तिम्रो दिदी कता छे मैले बिहे गर्ने हो तिमी मेरो साली हो भन्ने गर्थ्यो, गाउँमा समेत गएर दिदीलाई दबाव दिएपछि दिदीले आत्महत्या गरेकी हो ।’ मंसंग बिहे नगरे जेपनि गर्न सक्छु भन्दै बिमलले धम्क्याउने गरेको उनले दावी गरिन् । अनिताले अगाडि थपिन, ‘पिछा लागेर बिमलले घरमै पुगेर मानसिक तनाव दिएको हो, घर परिवारले पनि चाल पाएपछि दोहोरो तनाव सहन नसकेर दिदीले आत्महत्या गरेकी हो, उसलाई कानुनी कारवाही हुनुपर्छ ।’ बाहिर भेटेपनि परिवारमै खैलाबैला हुने गरी बिमलले दवाव नदिएको भए आफ्नी दिदीले आत्महत्याको बाटो नरोज्ने अनिताको ठहर छ ।
मृतक भिमकुमारीका पति तारा विकले पनि बिमल परियारकै कारण आफ्नो परिवार उजाड बनेको भन्दै कानुनी कारवाहीको लागि आफू धाइरहको बताएका छन् । यदि आत्महत्या दुरुत्सान पुष्टि भए परियारलाई पाँच वर्षसम्मको कैद र ५० हजार रुपैयाँ जरीवाना हुुने कानुनी प्रवधान छ ।

तस्विरमा : मृतक भिमकुमारी बिक ।

हेर्नुहोस् यसअघिका समाचार

घटना अनुसन्धानमा पाल्पा प्रहरीको सुस्तता

बल्ढेङगढीमा आत्महत्या दुरुत्सानबारे अनुसन्धान हुँदै