नबिल बैंकद्धारा बिमा रकम हस्तान्तरण

61

बुटवल, २८ कार्तिक । बित्तिय क्षेत्रमा आर्थिक गतिबिधी संचालनका हिसावले नेपालकै उत्कृष्ठ बन्न सफल नबिल बैंक लिमिटेडले दुर्घटनामा परि अकालमा मृत्यू भएका ब्यक्तिका परिवारलाई १० लाख रुपैयाँ बिमा रकम हस्तान्तरण गरेको छ । अर्घाखाँची स्थायी घर भै बुटवल उपमहानगरपालीका वडा नम्बर ४ निवासी प्रेमनारायण खनालको दुर्घटनाबाट असामयिक निधन भएको र स्व. खनालका परिवारलाई बैंकका तर्फबा १० लाख रुपैयाँ बिमा रकम हस्तान्तरण गरिएको हो ।
बैंकबाट संचालित बचत खातामा न्यूनतम ५ हजार हरेक मसान्तमा कायम राख्ने ग्राहकलाई निजको दुर्घटनाबाट निधन भएमा १० लाख बिमा रकम उपलब्ध गराउने कार्यक्रम अन्तर्गत स्व. खनालका परिवारलाई रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नबिल बैंकका बुटवल शाखा प्रबन्धक सन्तोष पाण्डेका अनुसार स्व. खनालकी धर्मपत्नी भागवता खनाल र छोरालाई उक्त रकम उपलब्ध गराईएको हो ।
सो अवसरमा बोल्दै प्रबन्धक पाण्डेले ग्राहकहरुको हितलाई ध्यानमा राखेर बिभिन्न आकर्षक कार्यक्रमहरु संचालन गरिएको र बैंकका ग्राहकको निधनपछि परिवारलाई राहात होस भनि १० लाख रुपैयाँसम्मको बिमा गरिएको बताए । हरेक महिनाको अन्त्यसम्म न्यूनतम बचत रकम ५ हजार मात्र रहेका ग्राहकका लागि यो योजना संचालन गरिएको प्रबन्धक पाण्डेले बताए ।