रैनादेवि छहरा—रुपन्देही सम्पर्क समाज गठन

1414

बुटवल, २४ असोज । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाबाट आएर हाल रुपन्देहीमा बसोबास ब्यक्तिहरुले रैनादेवि छहरा—रुपन्देही सम्पर्क समाज गठन गरेका छन् ।
भाइचारा कामय गर्ने उद्देश्यसहित शनिबार बुटवलको हिलपार्कमा भएको भेलाले सम्पर्क समिति गठन गरेको हो । सम्पर्क समाजको अध्यक्षमा हिमबहादुर केसी, प्रथम उपाध्यक्षमा नेदिराम ज्ञवाली, द्धितीयमा उपाध्यक्ष प्रेमबहादुर कार्की चयन भएका छन् । त्यस्तै रोमन गरौजा सचिव, चिरञ्जीवी घिमिरे सहसचिव, अर्जुन पाण्डे कोषाध्यक्ष र सदस्यहरुसमेत गरी १३ जनाको समिति गठन गरिएको सहसचिव चिरञ्जीवी घिमिरेले जानकारी दिए । भेलामा उक्त गाउँपालिकाका समाजसेवी रामबहादुर राउत, शेषकान्त पोखरेल लागयतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले रुपन्देहीमा बसेर पनि आफ्नो जन्मस्थलको विकासमा सघाउ तथा भाईचार कायम राखिराख्नुपर्नेमा जोड दिएका थिए ।