कोरोना अस्पतालमा मर्नेको संख्या सात पुग्यो

67

रुपन्देही, भदौ १२ । बुटवलको कोरोना विषेश अस्पतालमा तिलोत्तमाका एक ब्यक्तिको शुक्रबार गएराति मृत्यु भएको छ ।
उक्त अस्पतालमा उपचाररत तिलोत्तमा वडा नं. ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको शुक्रबार गएराति २ः३० बजे मृत्यु भएको हो । यो संगै कोरोना अस्पतालमा ज्यान गुमाउनेको संख्या सात पुगको छ ।