घटना अनुसन्धानमा पाल्पा प्रहरीको सुस्तता

570

जाहेरी नै लिन मानेन प्रहरी
भुवन कार्की
पाल्पा, ३ भदौ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङ्गढीस्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्महत्या गरेकी २६ वर्षीया लक्ष्मी भनिने भिमकुमारी बिकको आत्महत्या प्रकरणबारे अनुसन्धान शुरु भएको भएपनि प्रहरीको सुस्तताले बिलम्ब भएको छ ।
प्रहरीको अनुसन्धान प्रक्रियामा ढिलाई भएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । अनैतिक प्रेम सम्बन्ध राखेका एक युवाले दिएको मानसिक यातनाले उनी मर्न बाध्ये भएको भन्ने परिवारको दाबीपछि पाल्पा प्रहरीले यसको अध्ययन शुरु गरकोे थियो ।
रुपन्देहीको सैनामैनास्थित बासगढीमा बसेर एक छोरा र छोरीलाई निजी विद्यालय पठाउने भिमकुमारीले छोराछोरी ओसार्ने स्थानीय सनराइज बोर्डिङको गाडी चालक बिमल परियारसंग अनैतिक प्रेम सम्बन्ध चलिरहेका बेला आत्महत्या गरेपछि घटनाको अनुसन्धान शुरु भएको थियो ।
घटनापछि पाल्पा प्रहरीले मृतकको मोवाईल फोनबाट कल रेर्कड लिने काम सम्पन्न गरेको छ । नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाडौंमा पठाएर लिइएको कल रेकर्डमा के के भेटियो भन्ने कुरा प्रहरीले बाहिर ल्याएको छैन । साउनको दोस्रो साताभित्रै कल रेकर्ड पाल्पा आएको भएपनि प्रहरीले बिलम्ब गरेका कारण यसबारे थप जानकारी परिवारले पाउन नककेको मृतकका वुवा चन्द्रबहादुर बिकले गुनासो गरे । प्रहरीको अनुसन्धानमा ढिलाई हुनुले विभिन्न आशंका जगाएको उनको भनाई छ ।
साउनको दोस्रो साताभित्रै कल रेकर्ड आएपनि प्रहरीले ढिलाई गरेपछि पीडितका परिवारले निरन्तर मुद्दा शाखामा गुनासो गरेका थिए । परिवारको गुनासोपछि गत साउन ३० गते शुक्रबार जिल्ला प्रहरी कार्यालय पाल्पाले पीडित परिवार तथा आफन्तलाई बोलाएर प्रारम्भीक जानकारी लिएको छ । गत असार १ गते आत्महत्या गरेकी भिमकुमारीको काजकिरीयापछि दोस्रो साता नै मृतकका वुवा र जेठाजुले पुरक किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए । तर आवश्यक प्रमाण पुर्याउनुपर्ने भन्दै प्रहरीले जाहेरी लिएको थिएन । त्यसपछि मृतकका पति तारा विकले मृतकको मोवाईल कल डिटेल माग गर्दै निवेदन दर्ता गराएका थिए ।
कल डिटेलको रिर्पोट आएपछि पनि ढिलो गरी घटनाको पारिवारिक जानकारी लिएको प्रहरीले अनुसन्धान भने जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपक खेरेलले भने, ‘कल डिटेलमा केही कुरा भेटिएका छन्, सबै कुरा भन्न मिल्दैन, हामीले यसलाई एनालाइजेशन गरिरहेका छौं ।’ अनुसन्धान अघिकृत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज श्रेष्ठ र प्रहरी नायव निरीक्षक (डीएसपी) मदन गिरीले पनि घटनाको थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएका छन् ।
घटनाबारे पनि छिटोछरितो छानबिन र अनुसन्धान नभएको भन्ने गुनासो परिवारले ब्यक्त गरेका छन् । मृतकका वुवा चन्द्रबहादुरले भने, ‘प्रहरीले किन खासै चोसो लिएको छैन, कारण के हो उनीहरुलाई नै थाहा होला, हामी निमुखाले न्याय पाइन्छ नै भन्ने के छ र ?’ उनले उदाहरण पेश गर्दै अगाडि भने, ‘पहुँचवालका अघि बेसाहाराको केही लाग्दैन, निर्मला हत्याकाण्ड त देखिएकै छ नि ।’ मृतकका पति तारा पनि नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान हुन् ।
समाचार स्रोतका अनुसार मृतकको मोवाईल कल रेर्कडमा बिमलले पाँचवटा नम्बरबाट कल गर्ने गरेको खुलेको छ । अन्य ब्यक्तिका नामका सीमकार्ड पनि प्रयोग भएका छन् । बिमलले आफ्नी श्रीमतीको नाममा रहेको ९८४७४०२९६९ नम्बरको सीमबाट पनि मृतकलाई फोन गर्ने गरेको खुलेको छ । सबैभन्दा धेरै कल ९८२७४६५१६२ नम्बरको सीमकार्डबाट हुने गरेको छ ।
आफ्ना पतिको आँखा छलेर चालक परियारसंग प्रेम सम्बन्ध गाँसेकी विकले परियारसंग पटक पटक अनैतिक सम्बन्ध समेत राख्ने गरेको परिवारको दाबी गरेका छन् । परियार भिमकुमारीको घर बल्ढेङ्गढीको चिदीपानीमा पनि पटक—पटक गएर तनाव दिएका कारण उनले आत्महत्या गर्न बाध्ये भएको मृतककी बाहिनी अनिता विकले बताएकी छन् ।
अनिता अनुसार परियार र मृतक बिकबीच अनैतिक सम्बन्ध थियो । उनीहरुबीचको अनैतिक सम्बन्धबारे जानकारी पाएपछि मृतकका श्रीमान् तारा विकले पत्नीको निगरानी गर्न थालेका थिए । बासगढीकै स्थानीय रहेका परियारले मृतक भिमकुमारीलाई भेट्न उनकै निवासमा जाने गरेको र मोटरसाईकलमा विभिन्न ठाउँमा घुमाउने गरेको आफूले पाएको मृतककी बहिनी अनिताले बताइन् । भिमकुमारीले आत्महत्या गर्नु तीन दिनअघि मात्र परियार मृतकको घर पाल्पा चिदिपानी पुगेको उनले बताइन । चिदीपानीमा रहेका मृतकका परिवारसंग पनि परियारको भेट भएको मृतककी देवरानी सुकमाया विकको भनाई छ ।
मृतककी बहिनी अनिताले बिमल परियारले दिएको मानसिक दबावले आफ्नी दिदीले आत्महत्या गरेको दाबी गरेकी छन् । अनिताले भनिन, ‘दिदीलाई एक दुई दिन नदेख्दा पनि तिम्रो दिदी कता छे मैले बिहे गर्ने हो तिमी मेरो साली हो भन्ने गर्थ्यो, गाउँमा समेत गएर दिदीलाई दबाव दिएपछि दिदीले आत्महत्या गरेकी हो ।’ मंसंग बिहे नगरे जेपनि गर्न सक्छु भन्दै बिमलले धम्क्याउने गरेको उनले दावी गरिन् । अनिताले अगाडि थपिन, ‘पिछा लागेर बिमलले घरमै पुगेर मानसिक तनाव दिएको हो, घर परिवारले पनि चाल पाएपछि दोहोरो तनाव सहन नसकेर दिदीले आत्महत्या गरेकी हो, उसलाई कानुनी कारवाही हुनुपर्छ ।’ बाहिर भेटेपनि परिवारमै खैलाबैला हुने गरी बिमलले दवाव नदिएको भए आफ्नी दिदीले आत्महत्याको बाटो नरोज्ने अनिताको ठहर छ ।
उता बिमल परियारले भने आफनो कारणले आत्महत्या गरेको भन्ने तर्क अस्विकार गरेका छन् । आफूले अनितालाई ३० हजार रुपैयाँ सापटी दिएको र त्यही रकम माग्नको लागि दुई दिदीबहिनीसंग भेट्ने गरेको उनले बताए । तर ३० हजार रकम सापटी लिएको कुरा झुट भएको अनिताले बताईन । सैनामैनाको सुखौरा निवासी अनिताले भनिन्, ‘पैसा दिएको भए दिदीलाई दियो होला तर मलाई दिएको छैन, दिदीको घटनाबाट भाग्नको लागि लेनदेनको बहाना बनाएको हो ।’
मृतक भिमकुमारीका पति ताराले पनि बिमल परियारकै कारण आफ्नो परिवार उजाड बनेको भन्दै कानुनी कारवाहीको लागि आफू धाइरहको बताएका छन् । आत्महत्यापछि अबैध सम्बन्धका धेरै घटनाक्रम आफूले पत्ता लगाएको भन्दै बिमलले नै मर्न बाध्ये बनाएको उनले दाबी गरे । ताराका अनुसार ०७६ सालको भदौ, असोज र कात्तिक महिनामा विभिन्न ठाउँमा भेटेर उनीहरुले अनैतिक सम्बन्ध राख्ने गरेको र त्यसपछि आफ्नी श्रीमतीले उसलाई छोड्न चाहेको, तर परियारले छोड्न नमानेपछि मानसिक दवावका कारण उनले आत्महत्या गरेको तथ्य आफूले भेटाएको बताएका छन् । परियारको दवावको कारण जेठ महिनाभर भिमकुमारीले फोन अफ गर्ने गरेको र गाउँमै पुगेर खोजतलास गर्ने गरेपछि दवाव सहन नसकेर आत्महत्याको गरेको उनको तर्क छ । भिकुमारीले असार १ गते झुण्डीर आत्महत्या गरेकी थिइन ।
यदि बिमल परियारको मानसिक दबावले भिमकुमारी मर्न बाध्ये भएको भन्ने तथ्य भेटिए परियारलाई आत्महत्या दुरुत्सानको मुद्दा लाग्ने छ । यदि आत्महत्या दुरुत्सान पुष्टि भए उनलाई पाँच वर्षसम्मको कैद र ५० हजार रुपैयाँ जरीवाना हुने कानुनी ब्यवस्था छ ।
तस्विरमा ः मृतक भिमकुमारी बिक ।