तामनगरमा रेन्बुकाई कराँते डोजो शुभारम्भ

934

बुटवल, ११ साउन । बुटवल उपमहानगरपालिका वडा नंं. १२ स्थित तामनगरमा नेपाल रेन्बुकाई कराँते डो—संघ रुपन्देही अन्तरगको पहिलो डोजो सुभारम्भ गरिएको छ । राजपुर युवा क्लवको आयोजनामा शनिबार एक कार्यक्रममकाबीच डोजोको शुभारम्भ गरिएको हो ।
रुपन्देही जिल्लाका हरेक वडामा डोजो बिस्तार गर्ने संघको योजना अनुरुप पहिलो डोजोको शुभारम्भ संघका रुपन्देही अध्यक्ष प्रेमबहादुर घर्ती मगरले गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घर्तीले स्वास्थ्यका लागि खेलकुँदको आवश्यकता औंल्याए । उनले राजपुर युवा क्लवसंगको सहकार्यमा डोजो स्थापना गरिएको भन्दै क्लवको प्रसंशा गरे । उनले संघतर्फबाट क्लवलाई जिल्ला र केन्द्रको पनि सधै सहयोग रहने उल्लेख गरे । क्लवका अध्यक्ष विष्णु पुरीले युवाको स्वस्थ जीवनको लागि खेलकुँद आवश्यक रहेको चर्चा गरे ।
उक्त अवसरमा क्लवका सचिव जीवन आचार्य, नगर खेलकुँद विकास समिति सदस्य बिजय कुवर, समाजसेवी हिरा तरामु, डोजो प्रदेश नंं. ५ प्रशिक्षक मोहमद अली, शाखा प्रशिक्षक पुष्प पौडेल, संघ तथा क्लवका पदाधिकारीहरु मनु श्रेष्ठ, हरि चौधरी, युवराज पराजुली, युवा व्यवसायी युनाईटेड कार्की, आशिष आले लगायतले बोल्दै डोजो संचालनमा सबै प्रकारको सहकार्य सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।