गुटको राजनीति चर्काउँदै मुख्यमन्त्री पोखरेल

796

भुवन कार्की
बुटवल, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा बिवाद चर्किदै जाँदा विभिन्न गुटहरु देखिएका छन् । सरकारले गरेका कैयौं कामको समीक्षासंगै आलोचना बढेपछि प्रधानमन्त्री केपी ओलीको राजीनामा नेकपा नेताहरुले नै माग्दै आएका छन् ।
यसैैबीचमा प्रधानमन्त्री केपी ओलीले आफ्नो बचाउमा देशभर आन्दोलन समेत गर्न आफ्नो गुटका कार्यकर्ताहरुलाई आग्रह गरे र केही ठाउँमा सानातिना प्रदर्शन पनि भए । प्रधानमन्त्री ओलीको गुटमा रहेर निकै भूमिका खेलिरहेका प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले गुटको राजनीति चर्काउदै गएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने भूमिका खेलेका भनिएका पोखरेलले अन्तत ः ओली गुटलाई झन मलजल गर्न थालेपछि पार्टी विवाद झन् चर्किएको छ । बाहिर एकथरि सूचना प्रवाह गर्न लगाउने र भित्र पार्टीको गुटलाई भड्काउने काम पोखरेलले गरिरहेका नेताहरु बताउँछन् ।
पार्टी अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा ओलीको सक्रियतामा नेकपा एमाले नामको नयाँ दल दर्ता भएको, पार्टीले सरकार चलाउनुको साटो सरकारले पार्टी चलाएको जस्तो देखिएको, पार्टी स्थायी कमिटिले नयाँ नक्सा प्रकाशित गर्ने निर्णय लिएको जस्ता विषयमा धारणा राखेपछि त्यसको प्रतिरोध गर्दै शनिबार बिहानैै शंकर पोखरेलले फेसवुकमा स्टाटस लेखेका छन् । ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो, आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउने अहिले उहाँले होइन मैले हो भन्न कसरी सहेको ?’ भन्दै उनले स्टाटस लेखेका छन् । तर उनको स्टाटसमा पोखरेललाई नै सबैभन्दा धेरै गाली गरेर प्रतिक्रियाहरु आएका छन् । प्रतिक्रियामा केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा किन सीमा समस्या हल गर्न नसकेको भनेर संजय काफ्लेले प्रतिप्रश्न गरेका छन् । हरिलाल विसीले बालुवाटार र ललिता निवासको जग्गा पनि हामीले नै पास गर्ने पहल गरेको हो भन्नु नि भन्दै ब्यङ्ग्य गरेका छन् । गंगाबहादुर घर्तीले केन्द्रको चिन्ता भन्दा पनि आफ्नो प्रदेशको न्वारन गर्न र राजधानी तोक्न तिर ध्यान दिन आग्रह गरेका छन । राधाकृष्ण भट्टराईले सत्ताको लागि आपसमा लडेर जनतालाई दुःख दिएको गुनासो गरेका छन् । खिमराज घिसिङले मुख्यमन्त्रीले ओली गुटको नेतृत्व गरेको भन्दै आफ्नो प्रदेशको नाम र राजधानी तोक्न नसक्ने नालायक भनेका छन् ।
पोखरेलको स्टाटसमा प्रतिक्रिया लेख्नेमा धेरैजसोले उनैप्रति कटाक्ष गरेका छन् । हालसम्म प्रदेशको राजधानी र नाम राख्न नसकेको, गुटको राजनीतिलाई चर्काएको, कोरना रोकथाममा असफल भएको, भ्रष्टाचार र अनियमितता गर्नेको बचाउ गर्ने गरेको लगायतका विषय उठाएर उनीहरुले प्रदेशको विकासमा लाग्न र गुटको राजनीति त्याग्न आग्रह गरेका छन् ।

हेरौं केही प्रतिनिधिमूलक प्रतिक्रियाहरु जस्ताको तस्तै :