सरकारले भ्रष्ट्राचारीलाई संरक्षण गर्योे : शाह

207

बुटवल, ८ साउन । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताएका छन् । उनले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाए । वाईटवडी देखि अहिलेको ओम्नी गु्रपसम्मलाई लेखा समितिले अध्ययन गरेर सरकारलाई कारवाहीका लागि प्रक्रिया थाल्न भनेको शाहले बताए ।
विपी कोईरालाको स्मृति दिवसका अवसरमा विपी विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका नेता शाहले सरकारले अपराधिहरु बचाउने काम गर्न नहुनेमा जोड दिए ।
उनले राज्यसंयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडि सार्वजनिक गर्ने पनि बताए ।
उनले विपीले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै दुर दराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य फकरुद्धिन खांले सरकारले आफ्ना कार्यकर्ता पोष्ने काम मात्र गरेको टिप्पणी गरे । जनताको हितमा भन्दा आफ्नो कुर्ची बचाउने खेलमा सरकार लागेको उनको तर्क छ ।