राेजगारीसंग जाेडिएकाे राष्ट्रियता

627

धनिराम भूसाल

यति बेला बिश्व भर एउटै कुराकाे प्रभाब तथा त्रासले हलचल मच्चाएको छ, याे हाे काेराेना भाईरस अर्थात काेभिड-१९। यहि अबधिमा नेपालमा अचानक राष्ट्रियतामाथिकाे भर्बरता थपिएको छ। भारतले नेपाली सिमा मिचेकाे याे पहिलाे खबर भने थिएन तर पनि अहिलेकाे खबरले समग्र नेपाल तातेकाे छ भने भारतमा सम्म ठुलाे हलचल ल्याएको छ। बन्दाबन्दि चलिरहेको अबस्थामा भारत सरकारका गृहमन्त्रीले भिडियाे कन्फ्रेन्स मार्फत नेपालकाे भुभाग लिपुलेक हुँदै बाटाे उद्घाटन गरेका छन। याे संगेै नेपाल भित्र तथा नेपाल बाहिर रहेका नेपाली हरुमा यति बेला राष्ट्रियता माथिकाे प्रश्नले गाजेकाे छ। यसै बखतमा नेपाल सरकारले अाधा सताब्दिमा हुन नसकेकाे नेपाली अाधिकारिक नक्सा प्रकाशन गर्ने हिम्मत गरेकाे छ। सायदै अाम मानिसबाट अपेक्षा नगरिएकाे बिषय भएर पनि हाेला, नक्सा प्रकाशन पछि नेपाल सरकारकाे व्यापक तारिफ भई राखेकाे छ। हुन पनि यश बिचमा बनेका राजाबादि, प्रजातन्त्रबादि तथा गणतन्त्र प्राप्ति पछिका कुनै पनि सरकारले गर्न नसकेकाे नक्सा प्रकाशनकाे काम अहिलेकाे केपि शर्मा अाेलि नेतृत्वकाे सरकारले गरेर देखाएकाे छ। याे संगै नेपाल माथि भारतिय बिदेश बिभागले बिज्ञप्ति मार्फत चेतावनि फर्काई सकेकाेछ।नेपालकाे संबिधान संशोधन गरेर नक्सालाई राजपत्रमा अंकित निसान छाप चिन्हमा प्रयाेग गर्न बाटाे खुल्ला गर्न तयारि भएकाे छ।

भारतकाे अाफ्नाे अांकडमा रेमिटेन्स (बिप्रेयण) भित्र्याउने सुचिमा नेपाल चाैथाे राष्ट्रमा पर्छ र बार्षिक देखिने गरि अनुमानित ३ खरब ६३ अरब रेमिटेन्स मात्र नेपाल बाट भित्र्याउने गर्छ। त्यसैगरि नेपालतर्फकाे रेमिटेन्स (बिप्रेषणकाे) तथ्यांकलाई अाैंल्याउने हाे भने बार्षिक १ खरब २३ अरब नेरु मात्र नेपाल भित्रीने गर्दछ, अब हामी सानाे कसरी भयाेैं?। हामित उल्टै भारतीय कामदारलाई महंगो काम दिई रहेका छाैं। भारतका कैयन सामान हामीले उपभाेग गर्ने गर्छाैं जस्तै सवारी साधन (दुई पाङ्ग्रे देखि २० पाङ्ग्रे सम्मका), मेसिनरी सामान, खाद्यान्न, पेट्रोलियम पदार्थ, एल.पि ग्यास, हवाई ईन्धन, मल, बिउ, बिजन, लत्ताकपडा कपडा (क्रमिक रुपमा ह्रास अाउदै) अादि। साे खरिद गरे बापत हामिले नगद भुक्तान गर्ने हुदा भारतकाे याे बिषयमा हेपाहा प्रवृत्तिकाे कुनै तुक देखिदैन। “जहाँ ईच्छा त्यहाँ उपाय” भनेझैं भाेलिका दिनमा भारतले माथि उल्लेखित सामान निर्यातमा राेक लगाएकाे खण्डमा नेपालले केही महंगाे मुल्यमा भए पनि तेस्रो मुलुकबाट खरिद गर्न सक्ने छ। तर भारतले यी सबै कुरा सित्तैमा दिए जसरि हेपाह दृष्टि राख्नु भनेकाे बिस्तारबादि संकुचितताकाे उपज मान्न सकिन्छ।

लेखकले यश अालेखमा उठान गर्न खाेजेकाे मुख्य बिषय भनेकाे राष्ट्रियताकाे खाेक्राे भाषण र नाैटंकि भन्दा एक-कदम अगाडि बढेर मुल बिषय र नागरिक तह बाट गर्न सकिने बिषयबस्तुमा ध्यानाकर्षण गर्न जरुरि रहेकाे सन्देश दिन खाेजिएकाे छ।
नेपाल भलै भुगाेलमा सानाे भए पनि जल, जंगल, जमिनमा, जडिबुटीमा बिश्व मानचित्रमानै अग्र पंक्तिमा रहन्छ। हामिले हाम्रा राष्ट्रिय सम्पदाको संरक्षण गर्न तथा प्रबर्द्धन गर्न सकियाे भने मात्र थुप्रै अान्तरिक तथा बाह्य पर्यटक अाउन सक्ने प्रशस्त अाधारहरु छन। हामीलाई जहिले पनि कमजाेरि मात्र देख्नु भनेकाे “मृगले अाफ्नाे कस्तुरी चिन्न नसक्नु” जस्तै हुन्छ। अत यश बिषयमा गनथन लामाे हुन सक्छ तर सजिलै हामिले गर्न सक्ने निम्न कुरा हरुमा मात्र ध्यान अाकृष्ट गर्न सक्याेैं भने हामी स्वयम् अाफु स्वावलम्बि बन्न सक्छाैं र राष्ट्रलाई समेत केहि सहयाेग पुर्याउन सक्दछाैं।

१. पशुपतिका भट्ट
नेपाललाई बिश्व सम्पदा सुचिमा चिनाउने पशुपतिनाथकाे मन्दिरका भट्ट हाल सम्म भारतिय नागरिक हुने परम्परा रहदै अाएकाे छ। अत्याधिक भिडभाड हुने तथा धेरैकाे मनाेकामना पूरा हुने बिश्वास रहदै अाएकाे पशुपतिनाथ मन्दिरमा ठुलाे मात्रामा भेटि संकलन हुने गर्दछ। साथै बिदेश तथा स्वदेशि भक्तजनले बहुमुल्य धातु समेत चढाउने प्रचलन छ। त्यसकारण अाम्दानिकाे अाकर्षणकाे रुपमा पशुपतिनाथलाई हेरिन्छ तर राष्ट्रकाे गाैरब गर्ने मन्दिरमा भारतिय भट्ट मुल पुजारीकाे रुपमा रहने र उनकाे पारिश्रमिक महंगो हुने तथा सहायक भट्ट, याेगि तथा विभिन्न कर्ता समेत भारतीय तर्फका हुने हुदा नेपाली रुपैयाँ भारतमा जान टेवा पुर्‍याउने मध्यकाे एउटा सम्पदामा पशुपतिनाथ मन्दिर पर्दछ। बिगतमा प्रचण्ड नेतृत्वकाे सरकारले राेक्ने प्रयास नगरेकाे त हैन तर अाफ्नाे राष्ट्रिय सरकार ढाल्ने सम्मकाे असर देखा परेपछि निर्णय बदर गरेकाे घटना सर्बबिदितै छ। यदि यसलाई राेक्न सकियाे भने मात्र राष्ट्रकाे मुद्रा बाहिरिन बाट राेक्न ठुलाे टेवा पुग्नेछ र नेपाली पुजारीहरुकाे महत्त्व दर्शिन सक्छ। यसमा अाम नागरिकको भुमिका भन्दा नेपाल सरकारकै भुमिका स्पष्ट हुनु जरुरि छ।

२. सैलुन
नेपालमा अधिकांश कपाल काट्ने सैलुन भारतीय नागरिकका छन वा कामदार भारतिय राखिएको छ। झट्ट हेर्दा १०० रुपैयाँ केही झै नलागे पनि एक जना पुरुषले बर्षमा ७-८ पटक कपाल काटेकै हुन्छ। यसरी कपाल काट्दा प्रति ब्याक्ति १००० रुपैयाँ भन्दा बढित कपाल कटाईमा मात्र खर्च हुन्छ र अाजकल अधिकांश मानिसहरुले दारि समेत सैलुनमा काट्ने गरेकाे देख्न सकिन्छ यश बाट पनि पैसा खर्च भएकाे हुन्छ। त्यसकारण सैलुन क्षेत्रमा अधिकांश भारतिय हुनेहुदा सम्पुर्ण नगद भारत तर्फ जान्छ। भलै सानाे रकम देखिएता पनि सम्पुर्ण हिसाब निकाल्दा अरबाैंमा पैसा बाहिरिने गरेकाे छ। काेराेनाले थिलाथिला परेकाे अर्थतन्त्र चलाउन र राेजगारि सृजना गर्न सैलुन काम प्रति हामी नेपालीले झुकाब बढाउदा उत्तम हुन सक्छ।

३. टायल – मार्बल तर्फका श्रमिक
नेपाल बिकास निर्माणकै चरणमा रहेकाे हुदा टायल मार्बलकाे खपत अझै राेकिने सम्भावना रहदैन। यश क्षेत्रमा पनि अधिकांश दक्ष तथा अदक्ष कामदार भारतकाे राजस्थान बाट अाउने गरेकाे पाईन्छ। र यश क्षेत्रमा काम गर्ने कामदारको दर रेट स्क्वायर फुटमा हुने र निकै महंगो पर्ने हुदा यश बाट पनि नेपाली मुद्रा सहज रुपमा भारत निष्कासित भई राखेकाेछ। हामी नागरिक तह बाट यस किसिमका सिपमुलक काम सिक्ने र ब्यबहारमा लागू गर्न सकियाे भने स्वराेजगार तथा नेपाली मुद्रा स्खलन हुनमा राेक्न सकिनेछ।

४. निर्माण सम्बद्घ मजदुर
नेपालमा भएका “क” बर्गका निर्माण कम्पनीहरुले नेपाली कामदार काे अभावमा भारतीय मजदुरकाे प्रयाेगलाई बढावा दिएकाे पाईन्छ। नेपाली कामदारहरुले दाेस्राे तेस्रो मुलुक गएर जुनसुकै काम गर्न तयार हुने तर अाफ्नाे देशमा केही हिच्किचाहटले गर्दा यस्ताे समस्या देखिएको निर्माण सम्बद्घ पक्षले बताउदै अाएकाे छ। यश क्षेत्रमा पनि पाच लाखकाे हाराहारीमा भारतीय मजदुर रहेकाे अनुमानित अांकडा छ। यश तर्फ पनि ध्यान पुर्याउनु अावश्यक छ। यश क्षेत्रमा नेपाली मजदुरले अधिपत्यता जमाउन सकेदेखि राष्ट्रलाई समेत न्याय हुने थियाे।

५. अटाेमाेबाईल्स सम्बद्घ प्राबिधिक
नेपालमा अटाेमाेबाईल्स क्षेत्रमा प्रबिधिक शिक्षा अध्ययन गरेकाे कर्मचारीकाे मात्रा निकै न्यून छ। अाधिकारिक अायातकर्ता तथा बितरकहरु संग मात्र अध्ययन गरेका नेपाली प्राबिधिकहरु छन भने निजि वर्कशपमा तथा स्थानीय बिक्रेताहरुमा अधिकांश भारतिय प्राबिधिक रहेका छन भने नेपालका बारा पर्सा जिल्लामा पनि यसकाे अाकर्षण बढ्दाे छ भने पहाडिया मुलका युवामा भन्दा तराई मुलका युवामा यसकाे अाकर्षण बढि देख्न सकिन्छ। प्राबिधिक क्षेत्रमा पनि युवा बर्गकाे अाकर्षण बढाउन सकियाे भने स्वराेजगारकाे गत्तिलाे माध्यम बन्न सक्छ।

६. ईट्टा भट्टा तथा छड-सिमेन्ट उद्योग सम्बद्घ मजदुर
ईट्टा भट्टामा दक्ष भन्दा पनि कर्मठ मजदुरकाे अावश्यकता हुने गर्दछ। याे याे क्षेत्रमा बिबेक भन्दा बल बढि प्रयाेग हुने गर्दछ र पनि नेपाली मजदुरकाे सङ्ख्या न्यून देखिन्छ। अनुमानित एकलाख पचास हजार भन्दा बढि भारतिय मजदुरले यश क्षेत्रमा काम गरेर जिबिकाेपार्जन गर्दै अाएका छन।याे क्षेत्र स्वास्थ्यकाे हिसाबले केही बढि जाेखिम हुने क्षेत्रमा पर्दछ। साथै छड-सिमेन्टका उद्योगहरुमा पनि प्राय भारतिय नागरिक मात्र देख्न सकिन्छ। यसबाट पनि हामिले केही पाठ सिकेर सम्भावना रहे सम्म नेपालीनै काम गर्ने माैका मिलाउन सके धेरै उपयाेगि बन्न सक्छ। तर याे क्षेत्रमा पनि स्वास्थ्यकाे जाेखिम उच्च रहने हुदा नेपालीले ईच्छा नदेखाएकाे हुन सक्ने अनुमान लगाउन सकिएला। यश क्षेत्रमा पनि ईच्छुक तथा बेरोजगार नेपाली मजदुरले काम गर्न हाे भने स्वराेजगारमा बढावा मिल्ने थियाे।
७. रंगमञ्च
नेपाली रंगमञ्चमा भारतिय प्रभाब अप्रत्याशित रुपमा बढकाे छ। दुई बर्षकाे शिशुले माेटु-पत्लु बाट भारतिय रंगमञ्चमा झुकाब राख्न थाल्दछ र हामिले बच्चाकाे खुसि भनेर जबर्जस्त तरिकाले माेटु-पत्लु हेर्न बाध्य बनाईराखेका हुन्छाैं। त्यसेैगरि सत्तरी बर्षकाे बुवा-अामाले पनि हेर्ने रामायण हाेस वा साथिया अादि सबै भारतिय टिभि च्यानलमा मात्र हेर्न सकिन्छ भने विज्ञापन क्षेत्रमा पनि भारतीय बिज्ञापन लाई कपि गरेर भाषा मात्र परिवर्तन गरेर प्रशारण गरिनु ससासर नेपाली कलाकार प्रतिकाे निरुत्साहित गर्नु हाे भन्दा अन्यथा नहाेला। भारतीय चलचित्र भारतमा तथा नेपालमा संगसंगै शुभारम्भ हुने हुदा नेपाली युवायुवतीकाे अाकर्षण बढ्दाे छ। यसलाई पनि केही समयलाई राेकेर भए पनि न्युनिकरण गर्न सकियाे भने अर्थतन्त्रमा टेवा पुग्नेछ र नेपाली कलाकारले पनि थप जिम्मेवार महसुस गर्न बाध्य हुनेछन। अाशा छ काेराेना कहर पश्चात नेपाली टेलिफ्लिम, नाटक तथा चलचित्रमा थप प्रगाढ थपिने छ। तर हास्यब्यङ्गका सिरियलले भने नेपालमा राम्राे बजार जमाउन सफल रहेका छन।

८. कृषि जन्य बस्तु-भाउ
नपाल कृषिप्रदान देश भनेर परिचय बनाएकाे थुप्रै बर्ष बिति सक्ये तर कृषिमा अात्मनिर्भर भने हुन सकेकाे छैन। अबका दिनमा भारतीय तरकारीलाई विशेष गरेर नेपाली बजारमा प्रबेश राेक लगाउने तथा नेपाली उत्पादनलाई बृध्दि गरेर लैजान सकियाे भने याे क्षेत्र ब्यबसायिक हिसाबले पनि राम्राे र स्वास्थ्यकाे हिसाबले पनि स्वास्थकर तरकारी खान पाउने दाेहाेराे लाभ लिन सकिन्छ। यश भित्र कुखुरा, बाख्रा, गाई, भैंसी, सुगुर तथा अन्य चराचुरुङ्गी र जनावरहरु पर्दछन। जसलाई हामिले नगदे ब्यापारकाे रुपमा हेर्न सकिन्छ। बर्ष भरिमा लगभग ११ अरब रुपैयाँ बराबरको तरकारी भित्रीने ठाउँ राेकथाम हुदा ब्याक्ति तथा राष्ट्रलाई कति लाभ हाेला सहजै अनुमान लगाउन सकिन्छ साथै कृषि बाट पनि बिशेश स्वराेजगार र स्वाभिलम्बि बन्न सकिन्छ।

९. पानी पुरी
सुन्दा अचम्म लाग्न सक्छ तर याे ब्यबसाय सबै भन्दा नाफामुलक तथा सानाे लगानीकाे ब्यबसाय मध्यमा पर्दछ। हाल नेपालमा २०-२२ हजार भारतिय नागरिकले पानिपुरि व्यापार बाट राम्राे लाभ लिएका छन। जुन कुरा हामीलाई पत्यार नलाग्न सक्छ। लाेक गायक पशुपति शर्मा र जानकि तारमि मगरले निकालेकाे “सबभन्दा राम्राे व्यापार पानी पुरिकाे” भन्ने तिजगितले चर्चापाए संगै अाम नेपालिलाई अनुभूति त दिलायाे तर कसैले पनि अाट गरेनन। अब भने हामिले यस्ता नगदे व्यापारमा भारतिय दादागिरीकाे अन्त्य नागरिक तहबाट गरेर देखाउन सक्नु पर्छ।

यी र यस्ता उदाहरण क्षेत्र हुन त्यस बाहेकका अन्य धेरै क्षेत्र छन जहा भारतीयले अपत्यारिलो तवरबाट नेपाली पैसा भारत भित्र्याउछन। हामि नेपालीले माथि उल्लेेेख गरिएका राेजगारि सृजना हुने क्षेत्रमा काम गरेर अगाडि बढ्न सके समग्र राष्ट्र तथा निजि जिवनकाे अार्थिक बिकास हुन सक्ने थियाे। अागामि बर्षकाे बजेट भाषणमा अर्थमन्त्रीले भारतीय कामदारलाई समेत श्रम स्वीकृति अनिवार्य बनाएकाे जानकारि संसदलाइ गराई सकेकाे अवस्थामा यश बाट केही मुनाफा हुन सक्ने अांकलन गर्न सकिन्छ। तर प्रकृयागत तवरबाट नेपाल सरकारले भारत सरकार संग वार्ताकाे वातावरण बनाएर अगाडि बढ्दा उत्तम हुन सक्छ।

अत: हामीले माईतिघरमा झण्डा देखाएर, लैनचौरमा नारा जुलुस गरेर, ब्ल्याक अाउटकाे नाममा बत्ति निभाएर, राष्ट्रियता जाेगाउन मलजल पुग्छ जस्ताे लाग्दैन। भन्दा नमिठाे लागे पनि अहिले हामी भारत संग भाैतिक लडाइँ गर्न असक्षम छाैं। भारत नेपाल भन्दा कैयन गुणा ठुलाे छ साथै संसारकाे शक्तिशाली राष्ट्रकाे सुचिमा पर्ने हुदा हामीले भारत संग बैमनस्यताकाे नीति अबलम्बन गरेर सिमाकाे समस्या समाधान हुने देखिदैन तर यसाे भन्दैमा उसकाे अधिनायकवाद स्विकार्नु पर्छ भन्ने पनि छैन। चित्त नबुझेका कुरा अन्तराष्ट्रियकरण गर्न पनि सकिनेछ। नेपाली नागरिकहरु भारतमा राेजगारिकाे सिलसिलामा रहेका हुदा हामिले लैनचौरमा गर्ने घेराउले मुम्बईमा कार्यरत नेपाली दाजुभाइमा अांच अाउलाकि भनेर मनन गर्नु अावश्यक छ।
हामी सधै सरकारकाे मात्र मुख ताक्ने भन्दा पनि अाफु भित्र बाट वास्तविक राष्ट्रियता झल्किने र अायमा बृध्दि हुने काम गराैं। सकरात्मक साेंचकाे बिकास गराैं साथै श्रमजीवी र श्रमलाई जहिले सम्मान गराैं, अवश्य पनि सफलता मिल्नेछ अनिमात्र राष्ट्रकाे शिर उचाइमा पुग्नेछ।