कोरना उपयोगी औषधि बितरण गरिंदै

1099

बुटवल, २८ जेठ । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक अस्पतालहरुले उत्पादन गरेको आर्सेनिक अल्ब ३० नामक औषधि रुपन्देहीमा पनि बितरण शुरु गरिएको छ । यो रोग प्रतिरोधात्मक औषधि हो । अन्य रोगसंगै कोरना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ ।
बुटवलमा बुधबारदेखि कालिका कल्याणकारी समाजले निःशुल्क बितरण गरेको छ । पहिलो चरणमा कालिकानगर क्षेत्रमा औषधि बितरण गरिने समाजका सचिव दिनेश कुमार कुँवरले जानकारी दिए । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको प्रायोजनमा औषधि बितरण गर्न लागिएको कुँवरले बताए ।
यसैबीच उक्त औषधि लिन चाहने क्रियाशील पत्रकारहरुको लागि नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ समितिले बितरण गर्नेभएको छ । ओम कालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा महासंघले आफ्ना सदस्यहरु तथा अन्य इच्छुक पत्रकारहरुलाई निःशुल्क औषधि बितरण गर्ने महासंघ प्रदेश ५ समिति अध्यक्ष भुवन कार्कीले बताए । अस्पतालका प्रमुख माधव थापाले नेपाल पर्यटन पत्रकार महासंघमार्फत इच्छुक पत्रकारहरुलाई औषधि उपलब्ध गराउन अस्पताल तयार रहेको बताएका छन् । इच्छुक पत्रकारहरुले महासंघमा सम्पर्क राख्न महासचिव कपिल ज्ञवालीले आग्रह गरेका छन् ।
यो औषधि कोरना लगायतका अन्य रोग लाग्न नदिने रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि भनी चिकित्सकहरुले दाबी गरेका छन् । यो औषधि काठमाडौंमा मारवाडी सेवा समितिले बितरण गरिरहेको छ ।