बल्ढेङगढीका वडाअध्यक्ष पुन तीन लाख घुससहित पक्राउ

12978

भुवन कार्की
बुटवल, २४ जेठ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । शनिबार विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा आख्तियारको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।
काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो । पुन नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको पहिलो निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । आख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले दिएको जानकारी अनुसार अख्तियारको टोलीले पुनलाई नियन्त्रणमा लिएसंगै तीन लाख रकम पनि बरामद गरेको छ ।