रुकुम घटना र जातीय बिभेद

104

याेगेन्द्र खरेल

नेपालमा काेराेना सङ्क्रमणकाे उच्च दर र सिमा बिबादका बिच फेरि, नया तरङ्गका साथ नया बहसकाे सुरु भएकाे छ। जुन हाे जातिय विभेद ।हुनत याे कुनै नाैलाे बिषय त हाेइन तर हालचालै रुकुममा घटेकाे कारुणिक,हृदयविधारक र अमानबिय घटनाले गर्दा पुनः पुरानै मुद्दाको पुनर्ताजगी भएकाे छ। देेेश पुर्ण लकडाउन भएकाे बेला १८/१९ जना युवाहरुकाे समूह एक जिल्लाबाट अर्को जिल्लामा केटि भगाइ बिवाहा गर्न जान्छन् साेहि समयमा गाउलेहरु मिलि ती युवाहरुलाइ भगाइभगाइ,लखेटिलखेटि, पिटिपिटि खाेलामा हाम फाल्न बाध्य बनाउदा ३काे मृत्युु र ३ बेपत्ता हुन्छन्  । याे घटना निकै कारुणिक र अमानबिय हाे, यसमा सम्लग्न जाे सुकैलाइ कडा भन्दा कडा कार्बाहि हुनु पर्दछ । उक्त घटनामा मृत्युु हुनेहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

यस्तो अमानबिय घटनालाइ विभिन्न रुपरङ्ग दिइएकाे छ। अहिले यसलाई पुर्णरुपमा जातिय बिभेदकाे रुप दिइएकाे छ। एक दलित युवाले अर्को ग्रैहदलित युबतिलाइ बिवाहा गर्न खाेज्दा घटना घटेकाले ,जातिय घटना भन्न सकिएला तर घटनाकाे प्रकृति ले अरु केही पनि सङ्केत गर्छ कि।  दुबैकाे प्रेम सम्बन्ध लामाे समय देखि चलिरहेकाे र याे सम्बन्धमा दुबै पक्षकाआमाबुबा सन्तुष्ट नरहेका समाचारहरु बाहिरिरहेका छन। आजकाे समाजमा पनि दलित र गैह् दलितबिचकाे सम्बन्ध दुबै पक्षले सहर्ष स्विकार्ने गरेकाे पाइदैन,जुुन हाम्रो कमजारि हाे ।याे घटानामा पनि यस्तै परिदृश्य देखिन्छ ।

     अर्को कुरा रह्याे देश यस्ताे जटिल परिस्थितिमा रहेका कारण पुर्वगृहमन्त्रिका छाेराकाे बिवाहमाा ५ जना मात्र जन्ति गएकाे भन्ने समाचार बाहिरिरहेका बेला,ती युवाले १८/१९ जना युवाहरु लिएर किन गए त केटि भगाउन,याे निकै साेचनिय बिषय हाे ।केटि भगाउनु नै थियाे भने ,ती केटिलाइ एकान्त ठाउमा बाेलाएर परिस्थिति हेरिकन एक्लै गएर ल्याउन पनि सक्थे नि हाेेइन र, यस्ताे सहज बाटाेहुदाहुदै निकै जटिल बाटाे किन राेजे त ती युवाले ? कि त ती युवा कुनै दम्भमा परेर सिङ्गाे समुदायलाइ नै चुनाैति दिन खाज्दा याे घटना घटेकाे त हाेईन, याे पक्षकाे पनि गम्भीर छानबिन हुनुपर्ने देखिन्छ । आखिर जे जसरि भएपनि निकै गम्भीर अमानवीय घटेकाे छ, सत्यतथ्य छानबिन गरि दाेषिउपर कडा भन्दा कडा  कार्वाही गर्नुपर्दछ। जसले गर्दा आगामि दिनमा यस्ता जर्जर घटनाहरु नघटुन ।
        अब रह्याे जातिय बिभेदकाे, याे कुनै नाैलाे बिषय हाेइन ।दलितअधिकारकर्मिहरुले मागिखाने भाडाेकाे रुपमा याे मुुद्दालाइ लिएकाे र गैह् दलितहरु पुरातनवादी अमानवीय चिन्तनले ग्रसित भएकाले दशकाै समय बित्दा पनि नितिनिर्माणमा प्रगति भएनि ,समानता आउन अझै सकेकाे छैन । मेराे बिचारमा जातिय विभेद अमानवीय कार्य हाे ,यसकाे छिटै अन्त्य हुनुपर्दछ। जातियताकाे आधारमा विभेद गर्नेहरु मानबरुपि दानव हुन । जातिय विभेद अन्त्य गरि सबै जातजातिकाे समानतामा आधारित समाज नभए सम्म सभ्य र सुस्सकृत समाजकाे परिकल्पना गर्न सकिँदैन। याे तपाईं ,म र हामी सबैकाे साझा दायित्व र कर्तव्य हाे।
           कुनै कालखण्डमा कामलाइ मानिसकाे बिचमा बाडिएकाे र पछि आएर यसले नै जातियता र विभेदकाे रुपलिएकाे भन्ने गरिन्छ । ब्राह्मणहरुनै समुदायकाे हर्ताकर्ता रहेकाले यसलाइ स्थापित गर्ने र जातिय विभेदलाइ थप बिकराल बनायाे हाेला भन्ने अनुमान सहजै लगाउन सकिन्छ।बर्तमान जातिय विभेद काे चेन हेर्दा ब्राह्मण लाई मात्र दाेष दिने ठाउँ छैन। किनकि हाम्रो समुदायमा ब्राह्मण र अन्य जातिकाे बिचमा मात्र विभेद छैन ।ब्राह्मण ,जनजाति ,दलित तीन जातिका बिचमाा विभेद देखिन्छ ।यस्ताे विभेदकाे चेन हेर्दा ब्राह्मण नै यसकाे मुल जड हाे भन्ने कुरालाई फेरि बहस गरि परिभाषि गर्नुपर्ने देखिन्छ । यसाे भन्दै गर्दा पुरानै कालखण्डदेखिनै ब्राह्मण ले अरु जातिलाई विभेद र थिचाेमिचाे गरेकाे कुरा अस्विकार गर्न सकिदैन । ब्राह्मण समुदायले अरु जातिलाइ दमन ,अपमान र थिचोमिचो गरेकै हुन,जसले गर्दा दलितजनजाति निकै पछाडि पर्नुपर्याे याे सत्य चाहेर पनि कसैले लुुकाउन सक्दैन , जुन घामजस्तै छर्लङ्ग छ।      यसाे भन्दै गर्दा ,जातिय विभेदकाे मुल जड नै ब्राह्मण हाे त ?त्यसाे कदापि हाेईन । समान जातिहरुकै बिचमा रहेकाे विभदेले यसलाइ पुष्टि गर्दछ। हाम्रो समाजमा दलित-दलित बिचकाे विभेद पनि उत्तिकै जर्जर र दर्दनाक छ,तर यसकेा बारेमाा कहिकतै बहस भएकाे देखिदैन, जुन निकै दुर्भाग्य हाे । यिनी बाहुनले हामिलाइ यसाे गरे उसाे गरे भन्ने दलित अधिकारकर्मी हरुले त्यहि प्लेटफर्ममा उभियर दलित भित्रकाेे विभेदकाे कुरा किन गर्दैनन् ,याे निकै गम्भीर प्रश्न हाे। दलित भित्रकाे जातिय विभेद अन्त्य गरि अघिबढेमा ,गैह् दलित सङ्काे सङ्घर्ष बलियाे हुन्छ भन्ने कुरा बुझेका छैनन वा बुझ्नखाेजेका छैनन हाेला त । मलाई लाग्छ उनिहरु बुझ्न खाजिरहेका छैनन नै हाे । सायद यहि प्रबृत्ति लाई हाेला आफ्नो आङकाे भैंसी नदेख्ने ले अरुकाे आङकाे जुम्रा देख्ने । त्यसैले पहिले दलित बिचकाे विभेद अन्त्य बिना ,अरु विभेदबाट मुक्ति पाउन सकिँदन ।
      याे समस्या दलित भित्र मात्र हाेईन ,ब्राह्मण भित्र पनि छ,क्षेत्रि, जैसि र उपाध्याय काे बिचमा याे विभेदकाे बिषय त अहिले सम्म उठेकाे सुनेकाे छैन मैले ।जातिय विभेद जताततै निकै गहिराे जरा गाडेर रहेकाे छ। पछिल्लाे समयमा मानिसहरुमा चेतनाकाे स्तर बढ्न गई जातिय विभेदकाे जराहरु बिस्तारै कुहिदै जानेे लक्षण देखिएकाे छ तर याे निकै अपर्याप्त छ ।
        सभ्य र सुसस्कृत समाजकाे बाधक भनेकै जातिय विभेद हाे, त्यसैले यसलाइ जरैबाट उखेल्नुकाे कुनै अरु विकल्प छैन ।एकले अर्कालाई गालि गरेर, हेपेर ,पेलेर ,अपमान गरेर हाेइन आपसि समझदारी र भाइचारकाे हिसाबले यसकाे अन्त्य गर्नु नै पर्दछ।  हामी सबै नागरि जुटेर सबै जातजातिमा आधारित विभेदकाे अन्त्य गरि समानतामा आधारित सभ्य र सम्पन्न समाजकाे निर्माण गर्न लागाै आज बाट वा भाेलि बाट हाेइन भर्खर बाट लागाै ,याे हाम्रो साझा दायित्व हाे , मानव नै हाै भने मानव मानव बिच समान ब्यावहार गराै।