बर्तमान बिधालय शिक्षाकाे ऐना

566

योगेन्द्र खरेल

विश्व काराेना भाइरस काे सङ्क्रमणले थलिएकाे छ। काेराेना भाईरसकाे सङ्क्रमणले नेपाल पनि अछुताे रहेन, आज सम्मकाे अबश्था र तयारि हेर्दा नेपाल थप जर्जर अबश्थामा पुग्ने हाे कि भन्ने आसङ्का गर्ने थुप्रै आधारहरु छन। यहि सङ्क्रमणकाे मेलाेमेसाेमा दशकाै देखि बल्जजिरहेकाे सिमा बिवाद काे मुद्दामा निकै पेचिलाे बनेकाे छ। यिनै बिषयबस्तुले प्रभाव पारिहरेकाे अबस्थामा ,शैक्षिकशत्रकाे शुरुवातमा पनि शिक्षाजस्ताे महत्त्वपूर्ण पक्षकाे बहसलाई पुर्णरुपमा आेझेल पारिएको छ।

         विभिन्न तहका परीक्षाहरु स्थगित भएका कारण बिधार्थिहरु पुर्णरुपमा अन्याेलमा छन। बिधालयतहका नतिजाहरु फेसबुकमा छरपस्ट पारियाे ,यसले नतिजा प्रकाशन त भयाे तर अब के हुन्छ भन्नेमा शिक्षक, बिधार्थि ,अभिभाबक अन्याेेलमा छन । शैक्षिकसत्रकाे सुरुवाति चरणमा पाठ्यपुस्तक ब्यबस्थापन ,शैक्षिक सुधार,बिधार्थि भर्ना,बिधालयकाे पहुचबाहिरका बालबालिकाकाे बिधालय सम्मकाे यात्रा लगायत बिबिध महत्वपूर्ण बिषयमा बहस गरि शिक्षा नितिमा सुधार र शैक्षिक सुधार गर्नुपर्ने बेलामा, यसलाई बिभिन्न बाहानामा यसलाइ गाैण मानिएकाे छ, जुन किमार्थ स्विकार्य हुनुहुदैन। तत्कालिन चर्चित बिषयहरुमा बाेल्दा यत्रतत्र सर्बत्र भाईरल हुने लाेभमा परेका, नेता र नितिनिर्माताहरु शिक्षाजस्ताे दिर्घकालिन बिषयमा बहस गर्न चाहदैनन।जुन हाम्रो लागि अभिशाप हुनेछ ।
      नेपाल काे शिक्षा अझैपनि परम्परागत र अव्यावहारिक छ। पढ्ने ,पढाउने। घाेक्ने,घाेकाउने अनि परिक्षामा पासहुने कुराकाे कुराकाे सिमा भित्र रहेकाे बर्तमान शिक्षाले सृजनशिल र व्यावहारिक शिक्षा दिइरहेकाे छ भन्ने साेचिरहेका छाै भने हामी पुर्णरुपमा गलत छाै।
        यहि शिक्षा र पाठ्यबस्तुहरु बुर्जुवा छ भन्दै दस बर्ष सम्म पढ्नु पर्दैन भन्दै प्रशिक्षण दिने पार्टि सरकारकाे वरिपरि रहेकाे पनि दसाैै बर्ष रहकाे छ। तत्कालीन अबस्थामा उसकै बहुमतकाे सरकार भएकाे ,साेहि पार्टीको शिक्षा मन्त्री भएकाे बेला पनि परम्परागत र पुरानैै अव्यावहारिक शिक्षालाइ नै निरन्तरता दिनु र व्यावहारिक शिक्षाकाे बहस नगर्नु राजनैतिक बेईमानि भएन र ?
    अहिले बिधालयस्तरमा रहेकाे पुस्तकका समाबेश विषयबस्तुहरु अव्यावहारिक र अर्धचेतना दिने खालका छन। उदाहरण  कै रुपमा हेर्दा , सानाे कक्षामा A for Apple  ले साेहि तहका बिधार्थिलाइ यतिसम्म च्यापेकाे छ कि ,उनिहरु A for Aeroplane स्विकार्न तयार छैनन।  Z for zebra बाहेक Z for Zoo. स्विकार्न तयार छैनन । यसले कस्ताे नागरिक उत्पादनकाे आशा गर्न सकिएला ?
    नेपालकै सबैभन्दा प्रयाेगात्मक मानिएकाे बिज्ञान बिषयकाे हबिगत झनै लाजमर्दाे छ । हुन त प्रत्येक बिधालयमा विज्ञान प्रयागशाला पुर्याउने भनेर घाेषणा गर्छ सरकार । आबश्यकता काे एकचाैथाई रकम दिदै सरकारले भन्छ,सुबिधासम्पन्न प्रयागशाला बनाउ। यसरी सरकारकाेे तथ्यांक हेर्दा प्रत्येक बिधालयमा सुबिधासम्पन्न बिज्ञान प्रयाेगशाला छ तर बिधालयकाे आफ्नै ब्यथा छ। सरकारले दिएकाे लागत अनुमान भन्दा एकचाैथाइ मात्र रकमले काेठा ब्यबस्थापन गर्ने कि ,बिज्ञान सामाग्री र रसायनहरु किन्ने ,बिचरा प्रधानाध्यापकहरु यसैमा रनभुल्ल छन। बिचार बिज्ञान शिक्षक कक्षाकाेठामा , चिया पिउने गिलासलाइ हार्डग्लास टेस्ट ट्युबलाइ तुलना गर्दै पढाइरहेका छन।
       कक्षा भरिकै टाठाबाठाले राेजेर पढ्ने भनिएकाे अतिरिक्त गणित पनि sin,Cos ,tan कै वरिपरि घुमिरहेकाे छ।यी कुरा कहाँ, कहिले र कसरी व्यावहारमा परिण भए हाेलान त ?
    यसरी A for Apple , Hardglass test tube र sin,cos, tan कै वरिपरि घुमिरहेकाे बिधालय शिक्षाले सृजनशिल र याेग्य नागरिक तयार हाेला र ?
       यहि पढ्ने ,पढाउने र घाेक्ने घाेकाउनेकाे चाैघेराभित्र बिधालय शिक्षा सिमित रहकाे दशकाै बित्दा पनि ,हामी यसकाे बिकल्प किन खाेजिरहेका छैनाै त,के याे साेचनिय बिषय हाेईन र ?
      अहिलेकाे शिक्षा त बाेझै बाेझका बिच बालबालिकाहरुलाई तन्नेरीले बनाउने । धेरै घाेक्न सक्ने तन्नेरिहरुलाइ अमेरिका, अष्ट्रेलिया ,युराेपमा भाडा माझ्न पठाउने र कम घाेक्न सक्ने तन्नेरीलाई खाडिमुलुकतिर पसिना बेच्न पठाउने बाहेक के चाहिँ नया गर्याे त।  त्यसैले अब पुर्ण व्याबहारिक र सृजनशिल शिक्षाकाेे बहस गर्ने  कि।