सैनामैनाले बाड्यो अनुदानमाको बिउ

290

बिजय पोखरेल

बुटवल, १२  जेठ । रुपन्देहीको सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बिउ वितरण गरेको छ ।
नगर भित्रका कृषि सहकारी, कृषक समूह र कृषि फर्ममार्फत धान खेती गर्ने किसानको तथ्यांक संकलन गरी विभिन्न जातका एक सय ९१ क्वीन्टल धानको बिउ अनुदानमा बितरण गरिएको हो । लकडाउनका कारण मारमा परेका किसानलाई राहत पु¥याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ११ वटै वडाका किसानलाई माग अनुसारको बिउ बांडिएको सैनामैना नगरपालिका कृषि शाखा प्रमुख सिर्जना सुवेदीले बताइन् । किसानलाई नगरपालिकाको कार्यालय, वडा कार्यालय र एग्रोभेटमार्फत बिउ वितरण गरिएको हो । लकडाउनका बेलामा आफ्नै वडामै सहुलियत दरमा बिउ पाएपछि राहतको अनुभूति भएको वडा नंं.११ का किसान टंक रेग्मीले बताए । खेतीको समयमा किसानहरुलाई आवश्यक बीउ, मल किनमेलका लागि सैनामैनामा एग्रोभेट पसलहरु खुल्ला राख्न गर्न नगरपालिकाले निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

यसैगरी यसअघि सैनामैनामा कृषि काममा प्रयोग हुने ट्रयाक्टरको भाडादरमा एकरुपता कायम गरिएको छ । नगरपालिका अन्तरगत गठित सैनामैना ट्रयाक्टर व्यवसायी समन्वय समिति र नगरपालिका बीच बसेको संयुक्त बैठकले भाडादर कायम गरेको हो ।