‘भोट र नोट चल्ने दुःखको बेला उद्दार नगर्ने ?’ {भिडियो पनि}

466

भारतका छ लाख नेपाली घर फर्कन पाएनन्
भुवन कार्की
बुटवल, ७ जेठ । विश्वभर फैलिएको कोरना संक्रमणको खतरा बढेपछि भारतमा बस्ने नेपाली प्रवासीहरु नेपाल आउने ब्यग्र प्रतिक्षामा रहेका छन् । उनीहरुले सहज रुपमा नेपाल फर्कन नसकेको गुनासो गरेका छन् । उनीहरुले नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारले प्रवासी नेपालीलाई फर्काउने ठोस् पहल नगरेको भन्दै आक्रोश समेत ब्यक्त गरेका छन् ।
भारतको गोवाबाट फोन सम्पर्कमा आएका सुनिल रावतले भने, ‘यहाँका नेपालीहरुको खाना खर्च पनि सकिन लागेको छ, गोवा सरकारले अब धेरै समय सेल्टर दिन सक्दैन तर नेपाल सरकारले नेपालीलाई फर्काउन ठोस् पहल गर्न सकेको छैन ।’ रावतका अनुसार करिब ६ लाख नेपाली प्रवासीहरु भारतका विभिन्न प्रान्तमा छन् । भारतमा लामो समय बसेका सामाजिक अभियन्ता रावतले गोवा प्रान्तमा मात्र आठ हजार प्रवासी नेपालीहरु स्वदेश फर्कन चाहेका छन् । तर लकडउनको कारण उनीहरु बाहिर निस्कन पाएका छैनन् । कलकारखानाहरु बन्द भएपछि उनीहरुको रोजिरोटी समेत खोसिएको छ ।
रावतले दिएको जानकारी अनुसार कालापानी र लिपुलेकको सीमाना विवादले भारतमा नेपालीलाई गर्ने ब्यवहारमा समेत फरक आएको छ । गुजराँत तथा मुम्बइमा रहेका नेपालीलाई भारतीयले दुब्र्यबहार गर्न लागेको त्यहाँका नेपालीले जानकारी गराएको रावतले बताए । लकडाउनपछि रोग र भोकको शोकले गुजराँत र मुम्बईमा पाँच जना नेपालीले आत्महत्या गरिसकेको रावतले बताए ।
गुजराँत निवासी नेपाली युवा सुरत विश्वकर्माका अुनसार त्यहाँ ७० हजार प्रवासी नेपालीहरु नेपाल फर्किने ब्यग्र प्रतिक्षामा छन् । त्यस्तै मुम्बई निवासी धिरेन सिंहका अनुसार मुम्बईका दुई लाख र दिल्लीका दुई लाख नेपाली प्रवासीहरु नेपाल फर्कन चाहेका छन् ।
नेपालको प्रदेश नं. ५ स्थित दाङ घर भएका सुनिल रावतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो क्षेत्रका मानिस फर्काउन पहल गर्नुपर्ने बताए । रावतले भने, ‘मैले मुख्यमन्त्रीलाई पत्र लेखेर प्रवासी नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह गरेको हुँ तर त्यसको कुनै प्रतिक्रिया पाएको छैन ।’ मुख्यमन्त्रीले बेलाबेला लेख्ने फेसबुक स्टाटसको अध्ययन गर्ने गरेका रावतले भने, ‘मुख्यमन्त्री ज्यूको स्टाटसहरु हेर्ने गरेको छु तर भारतमा रहेका नेपालीलाई फर्काउने भन्दा उतै सुरक्षित बसुन् भन्ने आशय उहाँलले ब्यक्त गरिरहनुभएको छ ।’ भारतमा रहेका नेपाली विगत तीन महिनादेखि कामबिहीन भएकाले अब खाना खर्च सकिने अवस्थाले पिरोलिएको उनको तर्क छ । रावतले प्रतिप्रश्न गर्दै भने, ‘प्रवासी नेपालको भोट र नोट चल्ने तर उनीहरुलाई आपत पर्दा उद्दार गर्न नेपाल सरकारले नसक्ने ?’ उनले अगाडि थपे, ‘हामीलाई मिडियाकर्मीले पनि सहयोग गरिदिनुहोस्,आफ्नो देशका नागरिकको नाताले यतिबेला हामी उद्दारको पर्खाइमा छौं ।’ नेपाल फर्किदा सीमामा हुने अवरोधले नेपालहरु लकिछिपि भित्रिने गरेको र त्यसले झन् बढी कोरना संक्रमणको खतरा बढेको उनको भनाई छ । भारतका प्रान्त सरकारहरुसंग समन्वय गरेर नेपाल सरकारले आफ्ना नागरिक फर्काउनुपर्ने धारणा उनले राखे ।
रावतका अनुसार भारतको उत्तराखण्डबाट ५० हाजार, पन्जावबाट ८, हरियाणादेखि ५, राजस्थानदेखि १५, हिमाचलका २०, छत्तिसगढका ५, उत्तरप्रदेशका २०, मध्यप्रदेशका ६, जम्मुकश्मीरका १०, कर्नाटकका ४०, केरलाका २०, तमिलनाडुका ७ र पश्चिम बंगालका ४० हजार प्रवासी नेपालीहरु नेपाल फर्कन चाहन्छन् । तर नेपाल फर्कने उपयुक्त वातावरण नबनेकाले उनिहरु फर्कन नसेको राउवले बताए ।
तस्विर ः मुम्बइमा नेपाल फर्कन चाहेका नेपालीहरु सवारी साधनको पर्खाइमा ।
सुनिल रावतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लेखेको पत्र ः

माननीय मुख्यमन्त्री श्री शंकर पोख्रेल ज्यु
हार्दिक नमन
अहिलेको यस महामारी, कोरोना भाईरस कोविड–१९, को जटिल परिस्थितिमा, हाम्रो नेपाली नागरिकहरु भारतको विभिन्न राज्यमा भोकभोकै र अलपत्र परेका छन् । आफ्नो रोजीरोटी, अर्थात रोजगारीको सिलसिलामा भारतको कुना–कुनामा छरिएर रहनु भएको छ । म एउटा समाज अभियान्ता भएको कारण मलाई धेरैको फोन मेसेज आउछ । मलाई फोन मार्फत जुन दुख कस्ट सुनाउनु हुन्छ उहाँहरुले मेरो आँखाबाट आँसु झर्छ सर म भाबुक हुन्छु, यसकारण कि उहाँहरुको दुःखकष्ट बारेमा सुन्दा म अति नै चिन्तित छू।
माननीय मुख्यमन्त्री ज्यु! तत्काल भारतमा रहेका तपाईंको भोटर र तपाईंको जनता र नेपाली नागरिकलाई उदार गर्नु होस् । हाम्रो विनम्र पुर्वक अनुरोध छ । यद्यपि यस विषयलाई गम्भीरतापुर्वक प्रधानमन्त्री, मुखमन्त्री नगर प्रमुख गा.पा. अध्यक्ष, वडा अध्यक्षहरु सम्पूर्णको ध्यानार्कषित हवोस ।तत्काल नेपाल सरकारले येसको बारेमा छलफल गरि छिटो भन्दा छिटो भारत लगाएत दुनिया मा रहनु हुने हाम्रा सम्पुर्न परवाशि नेपाली दाजू भाई तथा दिदी बहिनी हरुलाई उध्हार गरियोस ।
सुनिल रावत, शान्तिनगर, दांग
हाल, भारतको गोवा राज्यदेखी ।
+919890291260
यी भिडियोहरु पनि हेर्नुहोस
https://www.facebook.com/dharam.thapa.92/videos/1514351998747728/
https://www.facebook.com/rasayali/videos/10222904115890624/