नेतृ शेरचनद्धारा ५१ घरपरिवार खाद्यान्न बितरण

825

बुटवल, १७ बैशाख । रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राइभरटोल निवासी नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचनले दोस्रो चरणको राहात बितरण गरेकी छन् । नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व रुपन्देही जिल्ला उपसभापति शेरचनले आफ्नो छिमेकमा रहेका मजदुरहरुका ५१ घरपरिवारलाई सोमबार र मंगलबार दाल, चामल, नुन तेल लगाएका खाद्यान्य बितरण गरेकी हुन् ।
कोरना संक्रमणको त्रासले देशमा लकडाउन भएपछि मजदुरहरुलाई मर्का परेको भन्दै उनले यसअघि पनि ४० हजार बराबरको खाद्यान्य बितरण गरेको छिमेकी तिलक महतले बताए । दोस्रो चरणमा ३५ हजार रुपैयाँको राहत बितरण गरेको शेरचनले उल्लेख गरिन् ।
नेतृ शेरचनले मंगलबार शंकरनगरस्थित गैसालाका गाईलाई ४० हजार रुपैयाँको दाना खरिद गरिदिएको गौसालका व्यवस्थापक श्याम अधिकारीले बताए । गौसालामा हाल दुई सय गाई छन् । लकडाउनको बेला गाईलाई दाना जुटाउन समस्या परेको भन्दै अधिकारीले शेरचनले संकटमा सहगोग गरेकोमा प्रशंसा गरे ।
यसैबीच नेतृ शेरचनले गौसाला नजिकै रहेकोे शिवमन्दिरमा दुई लाखको लगानीमा ट्रष्ट निर्माण गरिदिएकी छन् । शेरचनको आर्थिक सहगोगमा मन्दिरको दोस्रो तलामा हालै ट्रष्ट निर्माण गरिएको अधिकारीले जानकारी दिए ।