‘संकटको बेला मुख्यमन्त्री नै गुटगत राजनीतिमा !’

1099

भुवन कार्की
बुटवल, ७ बैशाख । यतिबेला विश्वभर कोरना संक्रमणको त्रास छ । विश्वबिजेता बन्न चाहने कैयौं शक्तिशाली राष्ट्रहरु लकडाउनमा छन् । संसार जित्न चाहनेहरु ढोका लगाएर कोठाभित्र बस्न बाध्य छन् । यान्त्रिक उपकरणले विश्व जित्न सकिन्छ ठान्नेहरु समेत (कोभिड १९) कोरनाको त्रासमा निदहराम भएका छन् ।
नेपाल पनि लकडाउनमा छ । यो बाध्यता थियो । लकडाउनको अवधिमा कैयौं मजदुरहरु बाटोमै अलपत्र छन् । यो बेला राहात र उद्धारका कामले प्राथमिकता पाउनुपर्ने हो । तीनै तहका सरकारले मानबीय उद्धारका कामलाई तीब्रता दिनुपर्ने अवस्था छ । तर पनि नेपालका कतिपय नेता बेमौसमी बाजा बजाउन उद्धत छन् । हरेक घटनाक्रमलाई राजनीतिक आग्रहपूर्वाग्रहले हेर्दैछन् । यस्तै पार्टीभित्रको गुटबन्दी झल्कने गरी प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आईतबार विवादास्पत फेसबुक स्टाटस् लेखेपछि उनलाई आफ्नै नेता कार्यकर्ताले शब्दरुपी झटारो प्रहार गरेका छन् । स्टाटस्मा ‘सरकार र पूर्वसमूह’ भनेर पार्टीभित्रका गुटउपगुटको संन्दर्भ जोडेका छन् । संकटको बेला उद्धार र राहातका काममा ध्यान केन्द्रीत गर्नुपर्ने अवस्थामा ‘गुटगत राजनीति’ गरेको भन्दै टिप्पणीकर्ताले मुख्यमन्त्रीको कडा आलोचना गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको स्टाटसमा भनेका छन्—पार्टी एकता सुदृढ गर्दै कोभिड १९ बिरुद्ध सिंगो राष्ट्रको नेतृत्व गर्नेबेला सरकार र पूर्व समूहप्रतिको एकअर्काको कटाक्ष बढी भो, रोकौं ् । मुख्यमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै बोर्ण कार्कीले पोखरेलले गुट चलाएको आरोप लगाएका छन् । नेकपाकै एक बुद्धिजीवी प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष समेत रहेका कार्कीले पोखरेलले गुट चलाएर फटाहा, गुण्डा र भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन् । गुण्डा र भ्रष्टाचारीको ओकालत नगर्न उनले पोखरेलाई सुझाएका छन् ।
अर्का टिप्पणीकर्ता गुप्तबहादुर केसीले यतिबेला कोरना संक्रमणको जोखिमलाई कम गर्न एकताबद्ध हुँनुपर्ने भन्दै बेमौसमी कुरा गरेर गुटगत राजनीति गरेको टिप्पणी गरेका छन् । गुटका कुरा यो महामारीपछि गरौंला भनेर उनले सुझाएका छन् । मुकुन्द कट्टेलले आन्तरिक कुरा प्रक्रिया पुर्याएर गर्नुपर्ने भन्दै अहिले जग नहसाउन अनुरोध गरेका छन् । देवेन्द्र शर्माले प्रधानमन्त्रीका सल्लाहकारहरुले नै पंचायती शैलीको भूमिका खेलको टिप्पणी गरेका छन् । गोकुलप्रसाद दंगालले पूर्वसमूह भनेर गुटगत राजनीति नगर्न सुझाव दिएका छन् ।
अर्का टिप्पणीकर्ता केशव श्रेष्ठले यस्तै अवस्था रहे पार्टी एकादेशको कथा हुनसक्ने भन्दै दोस्रो तहका नेकपाका नेतालाई अबको जिम्मेवारी दिनुपर्ने उल्लेख गरेका छन् । राजु शर्मा ढकालले नेतृत्व तह भ्रष्ट भएकाले कार्यकर्ता लज्जित हुँनुपरेको तर्क गरेका छन् । नेकपाकै बुद्धिजीवीहरु भरत भूसालले पार्टी कमिटि शिथिल हुँदा ‘बाईप्रडक्ट’ यस्तो भएको भनेका छन् भने मघेराज शर्माले प्रशिक्षण र अनुशासनको कमी भएको उल्लेख गरेका छन् । प्रशान्त गैरेले आत्मकेन्द्रीत नहुँन र बेलैमा बिचार पुर्याउन आग्रह गरेका छन् । एन.के. खनालले पार्टीभित्रको गुटकै कारण दुई तिहाइको सरकार पनि रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । प्रमोद ज्ञवालीले पूर्व समूह भनेर कित्ताकाट गर्न खोजिएकोप्रति तीब्र आक्रोश पोख्दै नेताहरु माफिया नबनून् भनी सुझाएका छन् । देभराज पोखरेलले यो महामारीपछि गुटका कुरा गरौंला भनी मुख्यमन्त्रीलाई शब्द प्रहार गरेका छन् ।
हेरौं मुख्यमन्त्रीको फेसवुक स्टाटस र केही प्रतिनिधिमूलक टिप्पणीहरु :