ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्धारा साढे २८ लाख राहात प्रदान

106

 

रुपन्देही, २८ चैत । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कुल रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ ।

विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस ऋइख्क्ष्म्–ज्ञढ को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको संस्थाका मधुसुदन पोखरेलले जानकारी दिए । ।

यस क्रममा संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. ११ लाख र प्रदेश नं. १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ लाख ५० हजार, वाग्मती प्रदेश सरकारले स्थापना गरेको कोषमा रु. २ लाख ५० हजार, गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोषमा रु. २ लाख ५० हजार, प्रदेश नं. ५ सरकारले स्थापना गरेको कोषमा रु. २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा रु. २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा रु. २ लाख ५० हजार गरी कुल रकम रु. २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको पोखरेलले जानकारी दिए ।