संकटका बेला ड्युटी नगर्ने पाँच डाक्टर बर्खास्त

305

बुटवल, २६ चैत । लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरहरुलाई कारवाही गरेको छ । कोरना संक्रमको उच्च जोखिमको बेला ड्यूटीमा नआएको भन्दै अस्पतालले उनीहरुलाई अस्पतालबाट बुधबार हटाएको हो ।
अस्पतालको रेडियोलोजी विभागका डा. बरदान वली, डा ताराप्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको हो । उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई अनुपस्थित रहेका कारण कारवाही स्वरुप सेवाबाट हटाईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले बताए ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएका हुन् । मन्त्री बरालले सुत्केरी, काजक्रिया र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएकोे बताइएको छ