ट्याङकर चालकलाई स्वास्थ्य सामग्री बितरण

603

तिलोत्तमा, २४ चैत । रुपन्देहीको तिलोत्तमास्थित पश्चिमाञ्चल ट्याङकर स्वच्छ चालक परिवारले नेपाल आयल निगम प्रदेश नं. ५ डिपो भलवारीको आर्थिक सहयोगमा आफ्ना तीन सय जना चालकहरु तथा सहचालक मजदुरहरुलाई माक्स, सेनिटाइजर र पन्जा बितरण गरेको छ ।
कोरना संक्रमणबाट सुरक्षित रहुन् भन्ने उदश्यले पश्चिमाञ्चल ट्याङकर स्वच्छ चालक परिवारका अध्यक्ष नवराज पाण्डे, कोषाध्क्ष इश्वरी घर्ती, सल्लाहकार सन्तोष खरेल तथा नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष राजेन्द्र चलाउने, आयल निगम प्रदेश नं. ५ डिपो भलवारीका उपप्रमुख इन्जीनीयर शैलेन्द्र भूसाल लगायतको टोलीले सोमबार माक्स, सेनिटाइजर र पन्जा बितरण गरेको पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका उपमहासचिव प्रेम जीएमले जानकारी दिए । उनका अनुसार चालक सहचालक मजदुरहरुलाई छ सय थान पन्जा तथा तीन÷तीन सय थान माक्स र सेनिटाइजर बितरण गरिएको हो ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आयल निगम प्रदेश नं. ५ डिपो भलवारीका उपप्रमुख इन्जीनीयर शैलेन्द्र भूसालले आवश्यकता अनुसार चालक तथा सहचालक मजदुरहरुको लागि स्वास्थ्य सामग्री थप गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

तस्विर सौजन्य : प्रेम जीएम