कपिलवस्तुमा ४० घरगोठ जलेर नष्ट

220

बुटवल, चैत २१ । कपिलवस्तुको विजयनगरमा भीषण आगलागी भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार दिउसो ४ बजेतिर भएको आगलागीमा परेर ४० घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएकोे छ ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए । आगो किन र कसरी लागेको अझै खुल्न नसकेको प्रहरी निरिक्षक नेपालले बताए ।