कोरना अस्पताल बुटवलमा एकजनाको मृत्यु

392

बुटवल, १६ चैत । बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरना विषेश अस्पतालमा एक युवकको मृत्यु भएको छ ।
पाल्पा रिब्दीकोट स्थायी घर भई हाल सैनामैना सिसौडांडा बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।
ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले बताए ।
चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।
ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । यसको रिर्पोट सोमबारसम्म आउन सक्ने बताइएको छ ।