शाइन रेसुंगाका पाँचवटा शाखा दैनिक ३ घण्टा खुला रहने

261

बुटवल, १३ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकका ५ वटा शाखा खुला राखेको छ । लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक,बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीले बताए । सरकारले बैंकबाट प्रदान गरिने सेवालाई अत्यावश्यक सेवा अन्तर्गत राखेर लकडाउनको अवधिमा पनि सेवा प्रवाह गर्न अनुमति दिएको छ । शाइन रेसुंगाका प्रदेश ५, प्रदेश ३ र प्रदेश ४ मा गरी ७० वटा शाखा कार्यालय रहेपनि कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको जनाएको छ ।